शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

दशैंमा रेमिट्यान्स वृद्धि

सोमबार, १६ असोज २०७४, ०९ : ३९
सोमबार, १६ असोज २०७४

काठमाडौं–हरेक बर्ष ५ लाखको हाराहारीमा नपाली युवाहरु विदेश जाने गरेका छन् । नेपाली युवाहरुको पहिलो गन्तव्य भनेकै मलेसिया र खाडी मुलुक हुन् । यी मुलुकमा रहेका नेपाली युवाले बर्षेनी करोडौ रुपैयाँ रेमिट्यान्स नेपाल पठाउने गरेका छन् । 
राष्ट्र बैंकको तथ्याङ्क अनुसार हरेक बर्ष ७ खर्ब वरावर रेमिट्यान्स नेपाल भित्रने गरेको छ । विदेसिएका युवाले पठाएको यो रेमिट्यान्स परिवार खर्चकै लागि प्रयोग हुने गरेको छ । हरेक महिना घर परिवारको खाना, लगाउन र शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा नै रेमिट्यान्स खर्च भइरहेको छ । अझ दशैंको समयमा रेमिट्यान्स आयमा भने वृद्धि हुने गरेको छ । 
गतआवमा रेमिट्यान्स आप्रवाह ४.६ प्रतिशतले वृद्धि भई ६९५ अर्ब ४५ करोड पुगेको छ । राष्ट्र बैंकका अनुसार अघिल्लो वर्ष विप्रेषण आप्रवाह ७.७ प्रतिशतले वृद्धि भएको थियो । विप्रेषण आप्रवाह कुल गार्हस्थ उत्पादन अनुपात अघिल्लो वर्ष २९.६ प्रतिशत रहेकोमा समीक्षा वर्षमा २६.८ प्रतिशत रहेको छ । समीक्षा वर्षमा खुद ट्रान्सफर आय ९.५ प्रतिशतले वृद्धि भई ८५१ अर्ब ८० करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आय ९.६ प्रतिशतले बढेको थियो । 
दशैँका लागि खर्च गर्न भन्दै घर परिवारका लागि विदेशबाट ठूलो मात्रामा रकम भित्रिने भएकाले यो समयमा रेमिट्यान्स बढ्ने गरेको हो  । केही बर्षयताको तथ्यांक अनुसार दशैँको बेलामा बढी रेमिट्यान्स भित्रिने गरेको राष्ट्र बैंकले जनाएको छ । खासगरि, भदौ, असोज र कात्तिक महिना रेमिट्यान्स आयमा वृद्धि हुने गरेको छ । 
रेमिट्यान्सको त्यो अतिरिक्त रकम दशैँको समयमा खर्च हुन्छ । दशैँको समयमा नयाँ लुगा लगाउने, मिठो खाने भएकाले पनि खर्च बढी हुने गरेको छ । यो प्रयोजनका लागि पनि विदेशवाटै ठूलो रकम आउने गरेको रेमिट कम्पनीको भनाइ छ । 
अहिले मुलुकको अर्थतन्त्रको २६.८ प्रतिशत हिस्सा रेमिट्यान्सले धानेको छ । मुलुकको अधिकांश जनसंख्या रेमिट्यान्समा आश्रित भइरहेको अवस्थामा दर्शैँको समय रेमिट्यान्स कम्पनीहरुका लागि मनग्गे नाफा कमाउने समय हो । असार मसान्तसम्मको तथ्यांक अनुसार, गत आर्थिक वर्षमा मात्रै झन्डै चार लाख नेपाली विदेशिएका छन् । ती सबै नेपालीहरुले दशैँको समयमा चाहिँ जसरी पनि पैसा पठाउँछन् । यो स रेमिट्यान्स आप्रवाह दर उच्च हुने गरेको छ ।
दशैँको समयमा पैसा पठाउनेहरुलाई नै लक्षित गरेर रेमिट्यान्स कम्पनीहरुले समेत विशेष उपहार योजनाहरु ल्याउने गरेका छन् । प्रभु मनि ट्रान्सफर, आईएमई लिमिटेड लगायतले दशैँदेखि छठसम्मको अवधिमा रेमिट्यान्स पठाउने ग्राहकका लागि मोटरसाइकल, टिभी, फ्रिज, मोबाइलदेखि लिएर नगद उपहार समेतको व्यवस्था गर्ने गरेका छन् । जसले पनि रेमिट्यान्स आयमा वृद्धि भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

किरण ढकाल
किरण ढकाल

किरण ढकाल रातोपाटीका लागि आर्थिक क्षेत्रको रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप