शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय समिति बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप कार्यक्रम घोषणाको प्रस्ताव

मङ्गलबार, १३ माघ २०७७, १६ : १२
मङ्गलबार, १३ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय कार्यसमिति बैठकमा प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणाका लागि प्रस्ताव गरिएको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकमा माघ १९ भ्रातृ संस्था, २४ शुभेच्छुक र ३० गते  जिल्लास्तरीय विरोध कार्यक्रमको प्रस्ताव लगिएको हो ।

बैठकअघि बसेको पदाधिकारी बैठकले उक्त प्रस्ताव तयार पारेको हो । पदाधिकारी बैठकअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबीच छुट्टाछुट्टै छलफल भएको थियो । दिउँसो १ बजेका लागि बोलाइएको बैठक ४ बजेबाट सुरु भएको छ ।

यसअघि काँग्रेसले पुस १३ गते प्रतिनिधि निर्वाचन क्षेत्र, पुस २५ मा प्रदेश निर्वाचन क्षेत्र, माघ ३ गते पालिका स्तरी र  माघ ८ गते वडा स्तरीय विरोध प्रदर्शन गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप