बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

३० वर्ष अघि अक्षय कुमारसँग गरेकी थिइन् बलिउडमा डेब्यू, कहाँ छिन् नायिका शान्तिप्रिया ?

मङ्गलबार, १३ माघ २०७७, १० : २९
मङ्गलबार, १३ माघ २०७७

बलिउड अभिनेता अक्षय कुमारले बलिउड इन्डष्ट्रिमा ३० वर्ष पूरा गरेका छन् । नायकले यो समयमा थुप्रै नायिकासँग काम गरे । शिल्पा शेट्टीदेखि रबिना टन्डन, करिना कपुर खानदेखि कट्रिना कैफ, अक्षयले यो क्षेत्रकाम थुप्रै शीर्ष अभिनेत्रीसँग काम गरे । तर के तपाईंलाई ती नायिकाबारे थाहा छ, जोसँग अक्षयले आजभन्दा ३० वर्ष अघि अभिनय गरेर आफ्नो करियर सुरुवात गरेका थिए ?

अक्षय कुमारले सन् १९९१ जनवरी २५ तारिख अर्थात् आजभन्दा ३० वर्षअघि फिल्म सौगन्धबाट आफ्नो बलिउड करियरको सुरुवात गरेका थिए । यो फिल्ममा उनी नायिका शान्तिप्रियासँग देखिएका थिए । शान्तिप्रिया ९० को दशककी परिचित नायिका थिइन् । आउनुहोस् यी नायिकाको करियर र नीजि जीवनबारे कुरा गरौंः

नायिका शान्तिप्रियाको जन्म २२ सेप्टेम्बर १९६९ मा आन्ध्रप्रदेशमा भएको थियो । नायिकाले सिद्धार्थ रोयसँग सन् १९९५ मा विवाह गरेकी थिइन् । तर सिद्धार्थ रोयको सन् २००४ मा निधन भयो । 

नायिकाको कामको कुरा गर्नुपर्दा उनले आफ्नो करियरको सुरुवात सन् १९८७ मा साउथ फिल्मबाट गरेकी थिइन् । ४ वर्ष साउथ फिल्ममा देखिएपछि सन् १९९१ मा उनले अक्षय कुमारसँग बलिउडमा डेब्यू गरेकी थिइन् ।

तर दुबै स्टारको कहानी भिन्न रह्यो । अक्षय कुरा क्रमशः सफलताको सिँढी चढ्दै गए भने शान्तिप्रियाले निकै कम समयका लागि फिल्ममा काम गरिन् ।

सन् १९९४ मा उनी फिल्मबाट टाढिइन् र सन् १९९५ मा उनले बाजिगरका चर्चित नायक सिद्धार्थ रोयसँग विवाह गरिन् र आफ्नो नीजि जीवनमा नै व्यस्त भइन् । त्यसपछि उनले कहिले पनि फिल्ममा काम गरिनन् । 

यद्यपि, उनी सानो पर्दामा भने देखिइन् । उनी विश्वमित्र, आर्यमान, माता की चौकी र द्वारकाधीशजस्ता टेलिश्रृङ्खलामा काम गरिन् । 

नायिका सोसल मिडियामा निकै सक्रिउ छिन् र आफ्नो नीजि जीवनका विभिन्न तस्बिर सेयर गरिरहन्छिन् । उनको र सिद्धार्थका दुई छोरा छन् – शुभम र शिष्य । दुबै अब ठूला भइसकेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप