शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आत्महत्या गर्नु ६ महिनाअघि नायिका राजश्रीले भनेकी थिइन्, ‘म मर्न चाहन्छु’

मङ्गलबार, १३ माघ २०७७, ०७ : ०८
मङ्गलबार, १३ माघ २०७७

बिग बस कन्नडको तेस्रो श्रृङ्खलाकी सहभागी नायिका जयश्री रमैयाको निधन भएको छ । सोमबार, २५ जनवरीमा जयश्रीलाई बेंगलुरुस्थित एक ओल्ड एज होम र रिह्याबिलिटेशन सेन्टरमा मृत पाइयो । उक्त आश्रममा उनको उपचार चलिरहेको पनि बताइएको छ । उनको शव झुण्डिएको अवस्थामा फेला परेको टाइम्स अफ इन्डियाले जानकारी दिएको छ ।  

भारतीय मिडियामा प्रकाशित समाचारका अनुसार जयश्री रमैया थुप्रै वर्षदेखि डिप्रेशनको शिकार थिइन् र सोसल मिडियामा उनले यो संसार छोड्न चाहेको इशारा पनि गरेकी थिइन् । 

सन् २०२० मा आत्महत्याबारे कुरा गरेकी थिइन्ः

जुलाई २०२० मा जयश्रीले आफ्नो फेसबुक पेजबाट लाइभ भिडियो सेयर गरेकी थिइन् । यद्यपि, पछि उनलाई बिग बस कन्नडका प्रस्तोता सुदीपले बचाएको बताइन्छ । जयश्रीले आफ्नो भिडियोमा भनेकी थिइन्, ‘म क्विट गरिरहेकी छु । संसार र डिप्रेशनलाई अलविदा ।’ उनले यो पनि भनेकी थिइन्, ‘म यो सब चर्चा पाउनका लागि गरिरहेकी छैन । म सुदीप सरबाट आर्थिक मद्दत पनि चाहन्नँ । म मर्न चाहन्छु किनभने म डिप्रेशनसँग जुध्न सकिरहेकी छैन ।’

डिप्रेशनकी शिकार थिइन् जयश्रीः

जयश्रीले भनेकी थिइन्, ‘म आर्थिक रुपले सबल छु तर डिप्रेशनसँग जुधन् सकिरहेकी छैन । म अत्यधिक नीजि समस्याबाट जेलिएकी छु । मैले बाल्यकालदेखि नै धोका पाइरहेकी छु र म त्यसबाट अघि बढ्न असफल रहेँ ।’ जयश्रीले प्रशंसकसँग मर्सी किलिङको माग गरेकी थिइन् । उनले लेखेकी थिइन्, ‘म कायर छु, मलाई मर्सी किलिङको आवश्यकता छ । मलाई यतिबेला योमात्रै चाहिन्छ । प्लिज, प्लिज, प्लिज मलाई मर्सी किलिङ दिनुहोस् ।’

यद्यपि, केही समयपछि जयश्रीले आफ्नो यो भिडियोलाई फेसबुकबाट डिलिट गरेकी थिइन् । यसका साथै उनले नायक किच्चा सुदीपलाई धन्यवाद पनि दिएकी थिइन् । उनले एउटा पोस्टमा लेखेकी थिइन्, ‘धन्यवाद सुदीप सर तपाईं र तपाईंको टीमले मलाई बचाउनुभयो र मेरो केयर गर्नुभयो । मेरा प्यारा साथीहरु र प्रशंसकले पनि मद्दत गर्नुभयो । तपाईंहरु सबैलाई तनावमा पारेकोमा माफी चाहन्छु, अब म ठिक छु । धन्यवाद मिडिया, तपाईंको समर्थनका लागि आभारी छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप