शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

‘प्रकाश’ मा प्रदीपको जोडी रेनु

सोमबार, १२ माघ २०७७, १८ : ३९
सोमबार, १२ माघ २०७७

काठमाडौं । दिनेश राउतको निर्देशन रहने फिल्म ‘प्रकाश’ का लागि हिरोइन फाइनल भएको छ । निर्माण युनिटले धनगढीकी रेनु योगीलाई हिरोइनको रुपमा फिल्ममा भित्र्याएको हो । फागुनको दोस्रो साताबाट फ्लोरमा जाने फिल्ममा योगी अभिनेता प्रदीप खड्काको जोडी बन्नेछिन् । योगीको प्रस्तुति र फिल्मको क्यारेक्टर हेरेर उनलाई छनौट गरिएको निर्देशक राउतले बताए ।

योगीलाई अडिसन मार्फत कास्टिङ डाइरेक्टर अनुप बरालले छानेको उनले जनाए । ब्याचलर अध्यायनरत रेनु थियटर आर्टिस्ट पनि हुन् । उनले २०१३ मा दयाहाङ राईसँग ‘मितज्यू’ नामक नाटक अभिनय गरेकी थिइन् । योगीले अहिलेसम्म १० भन्दा बढी नाटक, सर्ट मुभी र डकुमेन्ट्रीमा मा गरेकी छन् ।

जुम्लामा छायाँकन हुने फिल्मको ४५ दिन सुटिङ सेड्युल राखिएको छ । बिनिस इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई महेद्र अधिकारीले निर्माण गर्न लागेका हुन्, भने कथा विकास सुवेदीको रहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप