शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

...जब फिल्मको स्क्रिप्टभन्दा बाहिर गइन् यी नायिका, अचानक को–स्टारलाई गर्न थालिन् चुम्बन

सोमबार, १२ माघ २०७७, १५ : ५१
सोमबार, १२ माघ २०७७

फिल्मलाई आर्टको सबैभन्दा महँगो माध्यम मानिन्छ । सयौं मानिसहरुको रोजी रोटीबाहेक थुप्रै स्टार्सको स्टारडम पनि दाउमा लागेको हुन्छ । यही कारण यो क्षेत्रमा सबैभन्दा बढी प्रयोग हुने सम्भावना पनि हुन्छ । कलाकारले एक आर्टिस्टको रुपमा फिल्मलाई प्रभावशाली बनाउनका लागि विभिन्न प्रकारको प्रयोग गर्छन् जसमा डायलग बोल्ने तरिका, शारीरिक रुपान्तरण र अभिनयजस्ता कुरा समावेश हुन्छन् । यद्यपि, थुप्रै पटक यी कलाकार आफ्नो प्रस्तुतीमाथि विश्वा गर्दै स्क्रिप्टभन्दा यस्तो व्यवहार गरिदिन्छन् कि जसलाई कसैले आशा गरेका हुँदैनन् । 

सन् २०१३ मा डेविल रसेलको ब्ल्याक कमेडी क्राइम मुभी अमेरिकन हस्टलको एक दृश्यमा पनि केही यस्तै भएको थियो । जब सेटमा रहेका मानिसहरुलाई अचम्ममा पार्दै जेनिफर लरेन्सले आफ्नै को–स्टार एमी एडम्सलाई चुम्बन गरेकी थिइन् । यो दृश्य स्क्रिप्टमा थिएन तर   यो दृश्य निकै चर्चित भएको थियो । रोचक कुरा त के छ भने दुबै अभिनेत्रीले एक अर्कालाई मन पराउँदैनथे ।

वास्तवमा फिल्ममा जेनिफर, क्रिस्टन बेलकी श्रीमती हुन्छिन् । यस्तै एमी एडम्स उनकी प्रेमिका हुन्छिन् । यस्तोमा दुई महिलाको सम्बन्ध राम्रो हुँदैन । एमी एडम्सले आफ्ना निर्देशकलाई यो दृश्यबारे सबैभन्दा पहिला जानकारी दिएकी थिइन् । उनले डेविडसँग भनेकी थिइन्, ‘के हामी दुईबीच जस्तो प्रकारको टेन्सन छ, त्यसबीच यदि हामी दुबैले चुम्बन गरे के होला ?’ डेविड एमीको कुरा सुनेर अचम्ममा परेका थिए किनभने दुईको केमेस्ट्रि हेर्दा यो सम्भव थिए । 

त्यसपछि डेविडले यो आइडिया जेनिफरलाई बताएका थिए । जेनिफरले पनि डेविडको कुरामा धेरै ध्यान दिएकी थिइनन् र डेविडले पनि यो निकै अचम्मको आइडिया भएको स्विकारिसकेका थिए । जेनिफरले पछि यो दृश्यबारे कुरा गर्दै आफूले दुईबीचको तितो सम्बन्धलाई यसरी समाप्त गर्न चाहेको बताइन् । 

जेनिफर लरेन्स र एमी एडम्स हलिउडका शीर्ष कलाकारमा गनिन्छन् । ओस्कर अवार्ड बिजेता जेनिफर हंगर गेम्स, सिल्भर लाइनिङ्ग्स प्लेबुक र विन्टर बोनजस्ता फिल्मका लागि चर्चित छिन् । यस्तै एमी एडम्स द मास्टर, द फाइटर र ज्यूनब्यागजस्ता फिल्मका कारण चर्चामा आइसकेकी छिन् र ६ पटक ओस्कर अवार्डका लागि नोमिनेट पनि भइसकेकी छिन् । 

यो फिल्ममा जेनिफ र एमीबाहेक ब्याटम्यानको भूमिका निभाएर चर्चामा आएका क्रिस्टन बेल, लेडी गागासहित फिल्म द स्टार इज बर्नमा देखिएका ब्रेडली कूपर, गडफादर, ट्याक्सी ड्राइभर, रेजिङ बुल, गुडफेलासजस्ता फिल्ममा काम गरिसकेका नायक रोबर्ट डि निरो पनि देखिएका थिए । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप