नेपाल क्लियरिङ्ग हाउसद्वारा १० थप बैंक तथा वित्तीय संस्थाबाट आरटीजीएस प्रणाली सञ्चालन
काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले ८ विकास बैंक र २ फाइनान्स कम्पनीहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीमा आवद्ध गराएको छ ।
ज्योति विकास बैंक, महालक्ष्मी विकास बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, गरिमा विकास बैंक, संग्र्रिला डेभलपमेन्ट बैंक, शाइन रेसुंगा डेभलपमेन्ट बैंक, लुम्बिनी विकास बैंक, आईसीएफसी फाइनान्स र मञ्जुश्री फाइनान्स हालै कनेक्टआरटीजीएस प्रणालीमा थपिएका छन् । यस अघि २५ वटा वाणिज्य बैंकहरूमा कनेक्टआरटीजीएस प्रणाली सञ्चालनमा आइसकेको छ ।
आरटीजीएस प्रणाली मार्फत ठूलो मूल्यका र तत्काल गरिने भुक्तानीहरू अब विकास बैंक र वित्त कम्पनीहरुका ग्राहकहरु वा अन्तर्बैंक भुक्तानीको लागि प्रयोग गर्न सकिनेछ । ग्राहकहरूले आरटीजीएस प्रणाली प्रयोग गर्न आफ्नो बैंक तथा वित्तीय संस्थालाई सम्पर्क गरि उपलब्ध फारम भरी सो सेवा लिन सक्छन् ।
एनएचसीएलले बैंक तथा वित्तीय संस्थालाई थप सुविधा प्रदान गर्न शून्य लागतमा कनेक्टआरटीजीएस आरटीजीएस प्रणाली प्रदान गरेको हो जुन नेपाल राष्ट्र बैंकले लागू गरेको आरटीजीएस प्रणालीसँग र बैंक तथा वित्तीय संस्थाका कोर बैंकिङ्ग प्रणालीसँग इन्टिगे्रट गरिएको छ । आरटीजीएस प्रणालीको पहुँचसँगै विद्युतिय कारोबारको आकर पनि उल्लेखय बृद्घी हुने अपेक्षा कम्पनीको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुकाई छिपाई राखिएको ३७० किलोग्राम गाँजा बरामद
-
अरनिको राजमार्ग स्तरोन्नतिः ‘बिटुमिन’ अभावले दुई महिनादेखि काम प्रभावित
-
इन्जुरी समयको गोलसँगै घानाको सनसनीपूर्ण जित, पानामा १–० ले पराजित
-
धवलागिरीका घुम्ती गोठ संकटमा
-
तीन मौसमी वायुको प्रभाव : आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
इरान–अमेरिका युद्ध अन्त्यतर्फ : ट्रम्प र पेजेशकियानले समझदारीपत्रमा गरे हस्ताक्षर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण