शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

कपिलवस्तुमा मोहर्रम पर्वको रौनक बढ्यो, मुश्लिमलाई हिन्दुको साथ

आइतबार, १५ असोज २०७४, १६ : ५९
आइतबार, १५ असोज २०७४

पुनहरी घिमिरे 

कपिलवस्तु– कपिलवस्तुमा मुस्लिम धर्मावलम्बीले महान् पर्व मोहर्रमूल हराम (मोहर्रम) को रौनक बढेको छ ।  कपिलवस्तुको तौलिहवामा विभिन्न कार्यक्रमको आयोजना गरी मुश्लिम समुदायले मोहर्रम मनाउँदैछन् । आफूले मागेको हरेक इच्छा–चाहना पूरा धार्मिक विश्वासका साथ मुश्लिम समुदायले मोहरम पर्व मनाउँछन् । 

इस्लामिक क्यालेण्डर अनुसार वर्षको अन्तिम र पहिलो महिनालाई इस्लाम धर्मावलम्बी विशेष महत्वका साथ लिने गर्दछन् । इस्लाम धर्ममा दुवै महिनालाई दुःखको महिना भन्दै विशेष रुपमा प्रार्थना गर्नुका साथै विभिन्न गतिविधिहरु संचालन गर्ने गरिन्छ । 

वर्षको अन्तिम महिनामा ईशदूतलाई आफ्नो प्रिय चिजको बली दिन ईश्वरले आदेश दिएको सम्झनामा बकरईद मनाइन्छ । इस्लाम धर्मावलम्बीहरुको नयाँ वर्षसँगै सुरु हुने पर्व मोहर्रम इस्लामिक नयाँ वर्ष १४३६ हिजरी अरबी १ तारिखदेखि सुरु भएको छ । 

ईशदूत हजरत मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमका नाति हजरत इमामे हुसैन इस्लामको रक्षाको लागि लड्दालड्दै इराकको करवलामा शहीद भएको सम्झनामा मुस्लिम समुदायले हरेक वर्ष मोहर्रम पर्व मनाउने चलन चल्दै आएको छ ।

मोहर्रम पर्व पहिलो महिनाको १ तारिखदेखि १० तारिखसम्म मनाइन्छ । कुरानअनुसार हुसैनकी आमाले पढेको नवाज अल्लाहले सबैभन्दा बढी मन पराउने भएकाले नवाज पढ्ने समयमा सधैँ हुसेन रोइरहेपछि फरिस्ताले अल्लाहको आग्रहमा नवाज सुन्न बाधा नपरोस् भनी जन्नत घुमाउँदासमेत हुसेन रुन नछाडेपछि अल्लाहले ‘तिमी किन रोइरहेको’ भनी प्रश्न गरेका थिए । 

हुसैनले हर्जरत मोहम्मदका उम्मद (अनुयायी) सीधै जन्नत जान पाऊन् भनी माग गरेपछि अल्लाहले ‘तिमी कर्रवला बग्दादमा शहीद हुन तयार छौ भने मात्र म तिम्रो इच्छा पूरा गर्नेछु’ भनी वाचा गरेकाले मोहर्रमको नवमीको रात हुसैनको कतल गरी मोरम दशमीको दिन शहीद भएको सम्झनामा यो पर्व मनाउने गरिएको उल्लेख छ । 

हुसैन शहीद भएको दिनदेखि संसारभरि इस्लाम धर्म फैलिएको बताइन्छ । मुसलमान समुदायको पर्व भए पनि यहाँका हिन्दू समुदायले पनि उत्तिकै महत्व र श्रद्धाका साथ यो पर्व मनाउने गर्छन् । पछिल्लो समय हिन्दू र इस्लाम धर्मावलम्बीको साझा पर्वका रुपमा समेत मोहर्रम पर्व स्थापित भएकोे छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप