
ADVERTISEMENT
त्रिभुवन विमानस्थल अगाडि बसको ठक्करबाट पैदलयात्री घाइते

काठमाडौं । त्रिभुवन विमानस्थल अगाडि बसले पैदलयात्रीलाई ठक्कर दिएको छ ।
बा५ख ४९५९ नम्बरको बसको ठक्करबाट चन्द्र बहादुर पुनमगर घाइते भएका छन् ।
उनको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचार भईरहेको छ ।
रुकुमपश्चिम घर भएका चन्द्र बहादुरको साथमा फेला परेको मतदाता परिचय पत्रको आधारमा प्रहरीले उनको पहिचान गरेको छ । उनी बोल्न सक्ने अवस्थामा छैनन् ।
बस चालकलाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत गौशालाले जनाएको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ