शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा थप १३४८ कोरोना संक्रमितको मृत्यु

आइतबार, ११ माघ २०७७, ०० : १६
आइतबार, ११ माघ २०७७

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १३४८ कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार सार्वजनिक तथ्याँक अनुसार बेलायतमा कोरोनका मृतक संख्या ९७ हजार नाघेको छ । जसमा कोरोना संक्रमण पुष्टि भएको २८ दिनभित्र मृत्यु भएकाहरुलाई मात्र समावेश  गरिएको छ ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको पछिल्लो जानकारी अनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९७ हजार ३२८ पुगेको छ । सबैभन्दा बढी मृतक संख्याको आधारमा  अमेरिका, ब्राजिल, भारत र मेक्सिकोपछि बेलायत पाँचौं स्थानमा पर्दछ । यसैगरी बेलायतमा कोरोना संक्रमितको संख्या पनि ३६ लाख नाघेको छ । गएको २४ घन्टामा ३३ हजार ५५२  नयां संक्रमित थपिएका छन् ।

 नयां संक्रमितसँगै जम्मा संख्या ३६ लाख १७  हजार ४५९ पुगेको छ । हाल बेलायतका अस्पतालमा झन्डै ३८ हजारको संख्यामा  कोरोना संक्रमितको उपचार भइरहेको छ  । जसमध्ये चार हजार भन्दा बढीको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।

 ५८ लाख बढीलाई दिइयो खोप

हालसम्म बेलायतमा ५८ लाख ६१ हजार ३५१ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेको स्वास्थ्य विभागको तथ्याँकमा उल्लेख छ । जसमध्ये चार लाख ६८ हजार ६१७ जनाले खोपको दोस्रो तथा अन्तिम डोज पनि प्राप्त गरिसकेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप