
आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारे : मन्त्री ज्ञवाली

गुल्मी । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आफ्नै पार्टीका नेताले घेराबन्दीमा पारेर समस्या सिर्जना भएको बताएका छन् । मन्त्री ज्ञवालीले वर्तमान सरकारले राष्ट्रिय हितलाई सर्वोपरि मान्दै राम्रा र जनपक्षीय काम गर्दा पनि आफ्नै पार्टीका नेताहरुले घेराबन्दीमा पारेर समस्या खडा भएपछि मुलुकमा यो परिस्थिति उत्पन्न भएको बताए।
मन्त्री ज्ञवालीले दम्भ, आवेग र उत्तेजनाका कारण मुलुकमा अस्थिरता उत्पन्न भएको समे बताए । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) रेसुङ्गा नगर कमिटी गुल्मीले आज तम्घासमा आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोध गर्दै उनले भने– ‘आवेग, उत्तेजना र रिसले कसैलाई फाइदा गर्दैन, हाम्रो आपत्ति उहाँहरु हिँडेको बाटोप्रति हो तर व्यक्तिप्रति हैन ।”
नेकपा ओली पक्षका प्रवक्ता ज्ञवालीले गलत कुरासँग बारम्बार सम्झौता गर्नुभन्दा जनतालाई फैसला गर्न दिनु उत्तम ठानेर प्रतिनिधिसभा विघटन गरी चुनावको घोषणा गरिएको बताए ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ