बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

थलिएका पत्रकार मण्डललाई अध्यक्ष साहले गरे आर्थिक सहयोग

शनिबार, १० माघ २०७७, २३ : ०७
शनिबार, १० माघ २०७७

रौतहट । जिल्लाको दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुणकुमार साहले सवारी दुर्घटनामा परेर थलिएका पत्रकार रविन्द्र मण्डललाई ५१ हजार रुपैया सहयोग गरेका छन । शुक्रबार नेपाल पत्रकार महासंघ रौतहटको ११ साधारण सभामा अध्यक्ष साहले पत्रकार मण्डललाई ५१ हजार रुपैया सहयोग गरेका हुन् ।

लामो समयदेखि पत्रकारिता क्षेत्रमा कृयाशील मण्डल केहि समय अघि सवारी दुर्घटनामा परेर थला परेका छन् । अध्यक्ष साहले आफू सदैव पत्रकारलाई सहयोग गर्न तत्पर रहेको बताएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप