
ADVERTISEMENT
‘दिइसके यो जीवन’ म्युजिक भिडियो सार्वजनिक
काठमाडौं । गायक एच.बी. सुनार र मन्जु उपासनाको स्वर रहेको गीत ‘दिइसके यो जीवन’ म्युजिक भिडियो सहित सार्वजनिक भएको छ । शान्त गोविन्द महर्जनको शब्द र एच.बी. सुनारकै संगीत रहेको गीतमा साहस शाक्यको एरेन्ज रहेको छ ।
गीतको भिडियोमा अभिनेता पुष्प खड्का र टिकटकमा हिट भएपछि मोडलिङ रोजेकी गीता ढुंगानाको अभिनय रहेको छ । ज्ञानेद्र शर्माको छायाँकन, सुबोल थापाको कोरियोग्राफी रहेको भिडियोमा अमृत चापागाईको सम्पादन रहेको छ । भिडियो शिशिर श्रेष्ठले निर्देशन गरेका हुन् ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ