शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

सिन्धुलीमा बोलेरो दुर्घटना, एक जनाको मृत्यु

शनिबार, १० माघ २०७७, २२ : २४
शनिबार, १० माघ २०७७

सिन्धुली । सिन्धुलीमा आज बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा महोत्तरीको रामगोपालपुर नगरपालिका–५ कञ्चनपुर निवासी ४१ वर्षीय वसन्त मुखिया रहेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिनुभयो ।  उहाँका अनुसार मुखियाको उपचारका क्रममा मृत्यु भएको हो । 

 सिन्धुली हुँदै खुर्कोटतर्फ जाँदै गरेको ज१च १३५४ नंको बलेरो आफँै अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो ।

बोलेरो चालक धनुषाका गोविन्दपुर–६ का अन्दाजी २२ वर्षीय सिजल यादव गम्भीर घाइते हुनुभएका छन्  । उहाँको सिन्धुली अस्पताल उपचारपश्चात थप उपचारका लागि काठमाडौँ पठाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

बञ्चरो प्रहारबाट महिलाको मृत्यु

जिल्लाको हरिहरपुरगढी गाउँपालिका–१ चिसापानीमा श्रीमान्ले श्रीमतीमाथि बन्चरो प्रहार गर्दा महिलाको मृत्यु भएको छ । चिसापानी बस्ने अन्दाजी ३६ वर्षीया रमामाया घलानलाई  ४० वर्षीय शेरबहादुर भुजेलले बन्चरोले हिर्काउँदा रमामायाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी श्यामबहादुर खत्रीले दिएको जानकारीअनुसार गएराति शेरबहादुरले रमामायालाई बन्चरोको पासोले टाउकोमा हिर्काएका थिए । श्रीमान्को कुटाइबाट गम्भीर घाइते भएकी रमामायालाई उपचारका लागि जिल्ला अस्पताल हेटौँडा मकवानपुर लगिएको थियो । उनको उपचारका क्रममा आज मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । बन्चरो प्रहार गर्ने भुजेल घटनापछि फरार रहेकाले खोजी भइरहेको प्रहरीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप