भन्सार कार्यालयले छ महिनामै नाघ्यो लक्ष्य
कैलालीस्थित भन्सार कार्यालय चालु आर्थिक वर्षको छ महिनामा लक्ष्यभन्दा धेरै राजश्व उठाउन सफल भएको छ । कैलालीको टीकापुरस्थित सत्ती भन्सार कार्यालय खक्रौलाले छ महिनामा नै वार्षिक लक्ष्यभन्दा सवा रु दुई करोड बढी राजश्व सङ्कलन गरेको छ ।
खक्रौला भन्सार कार्यालयले आव २०७७÷७८ मा रु छ करोड सात लाख राजश्व उठाउने वार्षिक लक्ष्य राखेकामा पुस मसान्तसम्म साढे आठ करोड राजश्व उठिसकेको भन्सार प्रमुख विमलकुमार शाहले जानकारी दिए । “हामीले छ महिनामा लक्ष्य नाघेका छौँ, लक्ष्य नाघेर सवा दुई करोड बढी राजश्व सङ्कलन भएको छ”, भन्सार कार्यालय प्रमुख शाहले भने, “हामीले सीमामा कडाइ गरेका छौँ, हामीले भन्सार छली रोक्न रणनीतिकरूपमा काम गरिरहेका छौँ, जसले राजश्वमा सुधार आएको छ ।”
कोरोना सङ्क्रमणपछि सीमानाका खुला नहुँदा मानिस खुलारूपमा सीमापारि आउजाउ गर्न नसक्दा पनि भन्सार कार्यालयलाई फाइदा भएको छ । पछिल्लो समय खक्रौला नाका भएर कच्चा पदार्थ आयात भइरहेकाले पनि भन्सार कार्यालयको राजश्वमा वृद्धि भएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीहरुको सरुवा, काठमाडौँमा वसन्त रजौरे
-
पूर्वउपराष्ट्रपतिका पुत्र दीपेश फेरि पक्राउ
-
यातायात क्षेत्रमा देखिएका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिवद्ध : मुख्यमन्त्री यादव
-
मनहरिका वडाध्यक्ष खनाल कक्षा १२ को परीक्षामा सहभागी
-
इलाम र बझाङ उपनिर्वाचन : मतदानमा सहभागी हुन आयोगको अपिल
-
भोजपुर गोल्डकप : सिरहालाई हराउँदै चर्च ब्वाइज फाइनलमा