रुसमा नाभाल्नीको रिहाइ माग गर्दै विरोध प्रदर्शन
रुसमा विपक्षी नेता एलेक्जाई नाभाल्नीको रिहाईको माग गर्दै प्रदर्शनमा उत्रिएका आन्दोलनकारी र प्रहरीबीच खाबारोभस्कमा झडप भएको छ । विपक्षीहरुले शनिबार देशका ६० वटा शहरमा प्रदर्शन गर्ने योजना बनाएपछि त्यसलाई विफल बनाउन अधिकारीहरुले पनि विभिन्न उपाय अबलम्बन गरिरहेका छन् ।
मस्कोमा स्थानीय समयअनुसार २ बजे दिउँसो सेन्ट्रल पुुस्किन स्क्वायरमा प्रदर्शनकारीहरु भेला हुने र त्यहाँबाट क्रेमलिनसम्म मार्च गर्ने योजना बनेको छ ।
यसअघि जेलभित्रैबाट नाभाल्नीले सडकमा ओर्लन जनतासमक्ष आग्रह गरेका थिए । ‘तपाईहरु आन्दोलनमा ओर्लनुस्, मेरा लागि होइन तपाईको भविष्यका लागि,’ उनले लेखेका थिए ।
इन्स्टाग्राममार्फत नाभाल्नकी पत्नी युलियाले पनि मस्कोमा हुने प्रदर्शनमा किन सहभागीता जनाउन भनेर लेखेकी छ्नि । ‘मेरा लागि, उनका लागि, हाम्रा छोराछोरीका लागि, हाम्रा साझा योजना र मान्यताहरुका लागि,’ उनले लेखेका छन् ।
नाभाल्नीमाथि गत अगस्टमा विष प्रयोग भएको थियो । त्यसपछि कोमामा पुुगेका नाभाल्नीको उपचार जर्मनीमा गरिएको थियो ।उपचारका क्रममा उनको शरीरमा सोभियतकालिन विष प्रयोग भएको खुलासा भएको थियो, जसकारण पश्चिमा देशहरुले रुस सरकारको संलग्नता विष प्रयोगमा रहेको आरोप लगाए । तर रुस सरकारले यसलाई अस्विकार गर्दै आएको छ ।
उपचार सकेपछि नाभाल्नी स्वदेश फर्किएका थिए । तर, रुसी अधिकारीहरुले उनलाई विमानस्थलबाटै पक्राउ गरे । रुस सरकारले उनीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा लगाएको छ ।
तर, भ्रस्टाचार विरोधी अभियन्ताका रुपमा चर्चा कमाएका नाभाल्नीले यस आरोप राजनीतिक रुपमा प्रेरित रहेको दाबी गर्दै आएका छन् । उनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन तथा उनको पार्टीलाई ‘ठग र चोर’ को संज्ञा दिँदै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु
-
जोखिम भत्ता काटेपछि प्रधान सेनापतिको कटाक्ष : बजेट बनाउनेलाई चिया खान पनि नपाउने ठाउँमा लान पाए हुन्थ्यो