केपी ओलीले कम्युनिस्टको नाममा धेरै घात गरे : ज्ञवाली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षका नेता युवराज ज्ञवालीले प्रधानमन्त्री केपी ओलीले कम्युनिस्टको नाममा कम्युनिष्टलाई नै सिध्याउने काम गरेको आरोप लगाएका छन् ।
आज बिहान बुटवलका आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले कम्युनिस्ट पार्टीको अहिलेको व्यवस्थालाई नै सिध्याउने गरी ओलीले क्रियाकलाप गरिरहेको आरोप लगाएका हुन् ।
नेता ज्ञवालीले केपी ओलीलाई केशरजंग रायमाझीसँग तुलना गर्दै ओलीको कदम बढी जनघाती भएको दावी गरे ।
उनले भने, ‘कुनै बेला केशरजंग रायमाझीले पनि कम्युनिस्टको नाममा यस्तै काम गरेर सिद्धिएका थिए । ओली को पनि सिद्धिन्छन् । रायमाझी भन्दा उनी अझ प्रतिगमनकारी र जनताको विश्वाशघाती हुन् । रायमाझीले भन्दा अझ बढी क्षति उनले पुर्याउन खोजेका छन्।’
ओलीलाई पटक पटक आफूहरुले सच्चिने मौका दिएपनि नसच्चिएपछि कारबाही गर्नुपरेको उनले बताए ।
प्रचण्ड–माधव पक्षका लुम्बिनी प्रदेश इन्चार्जसमेत रहेका ज्ञवालीले ओलीको अहंकारको पराजय हुन जरुरी रहेको बताए । उनले आफूहरु नै आधिकारिक पार्टी भएको भन्दै ओली बाहेक उनको पक्षमा रहेकाहरु विस्तारै आफूहरु तिरै आउने दावी गरे ।
शुक्रबार काठमाडौमा भएको विरोध सभा सुरुवात मात्र भएको भन्दै उनले त्यो भन्दा अझ ठूला प्रदर्शन गर्ने बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङ्कङ र काठमाडौँमा प्रदर्शन हुँदै फिल्म ‘युक्पुङ’
-
पूर्वमन्त्री आलमलाई जन्मकैदको फैसला
-
टोपबहादुरसहित ७ जनालाई थुनामै राख्ने सर्वोच्चको आदेशमा के छ ? (आदेशसहित)
-
नक्कली शरणार्थी प्रकरण : शमशेर मियाँबारे उच्च अदालतको आदेश बदर
-
शेर्पा र चौधरीलाई धरौटीमा रिहा गर्न सर्वोच्चको आदेश
-
टोपबहादुरसहित ७ जनालाई धरौटीलाई छाड्न सर्वोच्चको अस्वीकार