बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

एयरपोर्टको स्तब्ध पार्ने तस्बिर : जाँदा आकाशमा, आउँदा बाकसमा

शनिबार, १० माघ २०७७, १३ : २०
शनिबार, १० माघ २०७७

वैदेशिक रोजगारीको क्रममा मलेसियामा पुगी मृत्यु भएका १८ नेपालीको शव शनिबार नेपाल ल्याइएको छ । विभिन्न मितिमा मृत्यु भएका उनीहरुको शव नेपाल एयरलाइन्सले ल्याएको हो ।
 एयरलाइन्सले सामाजिक उत्तरदायित्वअनुसार सो शव ल्याउने निर्णय गरेको थियो भने त्यसका लागि शुक्रबार एयरलाइन्सको वाइडबडी जहाज त्यसतर्फ उडेको थियो । 

यसअघि मलेसियास्थित दूतावासले मलेसियामा मृत्यु भएका नेपालीको शव ल्याउन निगमलाई आग्रह गर्दै गरेको थियो । सोहीअनुसार परराष्ट्र र पर्यटन मन्त्रालयसँग सहकार्य गरेर निगमले शव ल्याएको हो । 
निगमको जहाजमा ल्याइएको शव आजै आफन्तलाई जिम्मा लगाइएको छ ।

शव लिनका लागि विमानस्थल पुगेका मृतकका आफन्तहरु निराश र भावविह्वल भएका थिए । देशमा पर्याप्त रोजगारी नपाएर अवसरको खोजीमै विदेश पुगेका कतिपय नेपालीको सुन्दर सपना अधुरै बनेको मात्रै छैन अकालमै ज्यान गुमाउन समेत विवश छन् । सरकारले देशभित्रै पर्याप्त रोजगारीको सिर्जना गर्दै श्रमको उचित मूल्य दिनसके बाकसमा लाश बनेर आउनुपर्ने नियतिको अन्त्य हुने थियो कि !  


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप