बेलायतमा कोरोनाबाट एक साताभित्र ८ हजार बढीको मृत्यु
लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १४०१ कोरोना संक्रमितको मृत्यु भएको छ । शुक्रबार सार्वजनिक तथ्याङ्क अनुसार बेलायतमा कोरोनका मृतक संख्या झन्डै ९६ हजार पुगेको छ । ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले दिएको पछिल्लो जानकारीअनुसार बेलायतमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ हजार ९८१ पुगेको छ । एकसाताभित्र मात्रै आठ हजार ६८६ को मृत्यु भएको छ । सबैभन्दा बढी मृतक संख्याको आधारमा बेलायत विश्वमा पाँचौं स्थानमा छ ।
यसैगरी गएको २४ घन्टामा ४० हजार २६१ नयाँ संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै जम्मा संख्या ३५ लाख ८३ हजार ९०७ पुगेको छ । एक हप्ताभित्र दुई लाख ६७ हजार ८९२ जना नयां संक्रमित थपिएका छन् । कोरोना संक्रमित संख्या बढेसँगै बेलायतमा खोपलाई तीव्रता दिइएको छ ।
हालसम्म ५३ लाख ८३ हजार १०३ जनाले कोरोना विरुद्धको खोपको पहिलो डोज लिइसकेको र चार लाख ६६ हजार ७९६ जनाले खोपको दोस्रो तथा अन्तिम डोज लिइसकेका स्वास्थ्य विभागको तथ्याङ्कमा उल्लेख छ । हाल बेलायतका अस्पतालमा ३८ हजार भन्दा बढी कोरोना संक्रमितको उपचार भैरहेको छ । जसमध्ये तीन हजार ९६० जनाको भेन्टिलेटर बेडमा उपचार भैरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतले रोक्यो नेपाली चियाको निर्यात
-
संक्रमणकालीन न्यायमा राजनीतिक सहमति जुटिसक्यो : मन्त्री गिरी
-
अवैध औषधि बेच्ने दुई मेडिकल बन्द
-
सगरमाथा आरोहणका लागि तीन सय ५२ आरोहीले लिए अनुमति
-
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ‘एमडी’ तहको पठनपाठन
-
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटियो : डब्लुएचओ