‘परदेशी २’ आगामी वर्षको दसैंमा

काठमाडौं । नारायण रायमाझीको निर्देशन रहेको फिल्म ‘परदेशी २’ नयाँ वर्षको (२०७८)को दसैंमा प्रदर्शनमा आउने भएको छ । वितरकसँगको छलफलपछि फिल्मको प्रदर्शन मिति अर्को वर्षको दसैं तय भएको निर्देशक नारायण रायमाझीले बताए । फिल्मको कथा दशैंको परिवेशसँग जोडिएकाले प्रदर्शन मिति पनि दसैंलाई रोजिएको रायमाझीको भनाई रहेको छ ।
कोरोनाको कहर अगाडि छायाँकन सुरु भएको फिल्मको लकडाउनको समय ५० प्रतिशत मात्र छायाँकन सकिएको थियो । अहिले फेरि सुरु भएको फिल्मको छायाँकन अझै सकिएको छैन ।
पोखरा, पाल्पा, चितवन, काठमाडौंलगायतका स्थानमा छायाँकन भएको फिल्मले अध्ययनका लागि विदेशीने नेपाली विद्यार्थीहरुको विषयवस्तु कथा बनाएको छ ।
नारायण इन्टरनेशनलको ब्यानरमा राजेश वंशल र नारायण रायमाझीको संयुक्त निर्माण रहेको फिल्ममा दीलिप रायमाझी, प्रशान्त तामाङ, प्रकाश सपूत, केकी अधिकारी, वर्षा सिवाकोटी, नीर शाह, सुशील पोखरेल, रमा थपलिया, देबेन्द्र बब्लूलगायतको अभिनय रहेको छ । गायक प्रकाश सपुत यसै फिल्मबाट अभिनेताको रुपमा देखिँदै छन् ।
फिल्ममा मानकृष्ण महर्जनको छायाँकन, अष्ट महर्जनको द्वन्द्व, बिबि अनुरागीको संगीत, गोविन्द राई र रामजी लामिछानेको कोरियोग्राफी तथा दीर्घ खड्काको सम्पादन रहनेछ । निर्देशक रायमाझीले यस अगाडि ‘गोर्खा पल्टन’, ‘परदेशी’ जस्ता सुपरहिट फिल्म दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलविरुद्ध अर्जेन्टिनाको सानदार जित, विश्वकपमा छनोट
-
सोच ३७ को भएको कारण अभिनयमा अझै जोस छ : हरिवंश आचार्य
-
श्रीलङ्काका लागि नेपालका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत
-
नागेन्द्र र रचनाको ‘यती माया गरुकी तिमीलाई’ सार्वजनिक
-
चैत २० पछि माग पूरा नभएसम्म शिक्षकहरू सडक संघर्षमा उत्रिने
-
यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य