ठगी कार्यमा संलग्न फरार अभियुक्त प्रकाउ
कैलाली । लामो समयदेखि ठगी कार्यमा संलग्न फरार १ जनालाई प्रहरीले प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा कैलालीको गारीगंङ्गा नगरपालिका ८ बस्ने बर्ष ३४ को राजाराम चौधरी रहेका छन् ।
उनलाई आज जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटेको बिशेष प्रहरी टोली ले लम्की चुहा नगरपालिका ९ को धनचैयामा भिनाजुको घरमा लुकि छिपी बसेको अबस्थामा प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रबतmा एबं प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टले रातोपाटीलाई जानकारी दिए ।
उनले धनगढी उपमहानगरपालिका १ बस्ने अनिता चौधरीको भारत बैगलोरबाट बिएससी नर्सिङ पास गरेको प्रमाण पत्रहरु त्रिभुबन विश्वविद्यालय काठमाण्डौबाट मान्यता दिलाउन पैसा पठाई दिनु भनी पाँच लाख ठगी गरी सम्पर्क बिहिन भएको जाहेरी दरखास्त आधारमा ठगी शिर्षकमा मुद्दा दर्ता गरी फरार रहेका चौधरी लाई प्रहरी ले प्रकाउ गर्न सफल भएको उनले बताए ।
उनले थप अनुसन्धानका लागी यस कार्यालयमा ल्याइएको छ भने सोही कार्यमा संलग्न कैलालीको कैलारी
गाउपालीका ९ बस्ने बर्ष ३३ को शिव कुमार चौधरीलाई पनि ५ गते पक्राउ गरी अदालतबाट म्यादथप अनुमति लिई अनुसन्धान भई रहेको पनि बिष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोकिनको कारोबारमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका २ सदस्य काठमाडौँबाट पक्राउ
-
विदेशी लगानी आकर्षित गर्न दर्जन कानुन संशोधन हुँदैछ : रेखा शर्मा
-
कमल ऐरीले लिए आयरल्यान्ड ‘ए’ को पहिलो विकेट
-
एसईई अनुगमनका लागि दिइएका अनुमतिपत्र रद्द
-
आयरल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ ले पहिले फिल्डिङ गर्ने
-
कोहलपुर–सुर्खेत प्रसारण लाइन : रूख कटान प्रक्रिया सुरु