शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

१० करोड युनिट मोटरसाइकल उत्पादन गर्दै हिरोले राख्यो लगातार दोस्रो पटक रेकर्ड

शुक्रबार, ०९ माघ २०७७, १५ : ४९
शुक्रबार, ०९ माघ २०७७

काठमाडौं । विश्वको सबैभन्दा ठूलो दुई पांग्रे सवारी उत्पादक कम्पनी हिरोले लगातार दोस्रो पटक रेकर्ड राखेको छ । विगत २० वर्ष देखि निरन्तर रेकर्ड कायम राख्न सफल कम्पनीले दोस्रो पटक पनि सबैभन्दा बढि १० करोड युनिट मोटरसाइकल उत्पादन गर्दै नयाँ रेकर्ड कायम राख्न सफल भएको हो । 

यो एतिहासिक रेकर्डको अबसरमा हिरोले हालै मात्र भारतको उत्तराखण्डको हरिद्वारस्थित हिरो प्लान्टबाट १०औं करोडको उत्पादनको रुपमा ‘हिरो एक्स्ट्रिम १६०आर’ बाइक सार्वजनिक गरेको छ । यसअघि ५ करोड युनिट उत्पादन गर्दै रेकर्ड राख्न सफल हिरोले आफ्नो अनब्रत यात्राको ७ वर्षकै अवधिमा १० करोड युनिटको आँकडा पार गर्न सफल भएको हो । 

सो अबसरमा विश्वका अटो प्रयोगकर्ताहरुलाई सम्बोधन गर्दै कम्पनीले सफलताको यो यात्रामा थप एक माइलस्टोन पार गर्न आफुहरु सफल भएको बताएको छ । 

‘हीरो मोटोकर्पले कुल सञ्चित १० करोड उत्पादनको कोशेढुंगा पार गरेको छ । यो असाधारण उपलब्धी हासिल गर्ने पहिलो भारतीय अटोमोटिभ उत्पादक हिरो बनेको छ । यस मानेमा हामी निकै खुशी छौं । यो खुशी हामी तपाईहरु प्रयोगकर्ताहरुसँग पनि साट्न चाहन्छौं । यो सफलतासँगै गतिशीतला (मोबिलिटी)को भविष्य बन्ने ‘वी द फ्युचर अफ मोबिलिटी’ आफ्नो दृष्टिकोण हासिल गर्न हिरो सधै प्रतिबद्ध छ ।’  हीरो मोटोकपका अध्यक्ष तथा कार्यकारी अधिकृत डा. पवन मुन्जालले भने ।

डा. मुन्जाल अगाडि भन्छन्, ‘हीरो मोटोकर्प विश्वभरिका लाखौं मानिसको आकांक्षालाई गतिशीतला प्रदान गर्ने सबैभन्दा अग्रणी कम्पनीको रुपमा रहँदै आएको छ । यो उल्लेखनीय उपलब्धी थप परिस्कृत इन्जिनियरिङ, कार्य सञ्चालनगत उत्कृष्टता र दिगो अभ्यासहरूको सफलता हो । यो विश्वासलाई अझ थप मजबुद र शक्तिशाली बनाएर अघि बढ्नेमा तपाईसँग कम्पनी प्रण गर्न चाहन्छ ।’ 

यसै अवसरमा अध्यक्ष डा. मुन्जालले भारतको केन्द्रिय राजधानी दिल्ली क्षेत्र (नेसनल क्यापिटल रिजन–एनसीआर) को गुडगाउँस्थित कम्पनीको निर्माण संयन्त्र मार्फत छ नयाँ मोडलका बाइकहरु एक्कै साथ सार्वजनिक गरेका छन् ।
स्प्लेन्डर प्लस, एक्स्ट्रिम १६० आर, प्यासन प्रो, ग्लयामर, डेस्टिनी १२५ र माएस्ट्रो एज ११० छन् । यी बाइक आगामी फेब्रुअरीदेखि बजारमा बिक्रीका लागि उपलब्ध हुने कम्पनीले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप