ad
केन्द्रीय संस्करण

रोनाल्डो कि जोसेफ विकान : को हुन् सर्वाधिक गोलकर्ता ?

person explore access_timeमाघ ९, २०७७ chat_bubble_outline0

 

चेक रिपब्लिक फुटबल एशोसियसनले सर्वकालिन सर्वाधिक गोलकर्ताका रुपमा रोनाल्डोलाई मान्न अस्वीकार गरेको छ । देश र क्लबका लागि गरेर कुल ७ सय ६० गोल गरेका रोनाल्डोलाई विश्वकै सर्वकालिन गोलकर्ताका रुपमा धेरै सञ्चारमाध्यमहरुले प्रस्तुत गरेका थिए ।

यद्यपी, चेक रिपब्लिक फुटबल एशोसियसनले जोसेफ विकान विश्वकै सर्वकालिन महान् गोलकर्ता रहेको दाबी गरेको छ । विकानले करियरमा ८ सय २१ गोल गरेको एशोसियसनको दाबी छ । यद्यपी, मिडिया रिपोर्टहरुले विकानले ७ सय ५९ गोल गरेको रिपोर्ट पेश गरेका थिए । उनीहरुका अनुसार यस सूचीमा ७ सय ५७ गोलसहित पेले तेस्रो स्थानमा छन् । ७ सय ४३ गोलसहित रोमारियो चौथो र ७ सय १९ गोलसहित लियोनेल मेस्सी पाँचौ स्थानमा रहेको समाचार अधिकांश सञ्चारमाध्यममा प्रकाशित भएको थियो ।

यद्यपी, १९३१ देखि १९५५ सम्म -यापिड भियना र स्लाभिया प्रागबाट खेलेका विकानको गोलसंख्यालाई अवमुल्यन गरिएको एशोसियसनको दाबी छ । रोनाल्डोले विकानको किर्तिमान तोड्नका लागि अझै ६२ गोल गर्नुपर्ने एशोसियसनले जनाएको छ ।

यस विषयमा चेक फुटबल एशोसियसनको इतिहास तथा तथ्याङ्क कमिटीले छानविन गरिरहेको छ र यसबारे जारोस्लाम कोलारले भने, ‘जोसेफ विकान वा क्रिष्टियानो रोनाल्डो ? सहज प्रश्न र कठिन जवाफ किनकी विकानका सम्पूर्ण गोलहरुमध्ये तपाईंहरुले केवल आधिकारीकलाई मात्रै छान्नुपर्ने हुन्छ, जो कठिन छ । चेक फुटबल एशोसियनसनको इतिहास तथा तथ्याङ्क कमिटीले यस समस्याको समाधान खोज्ने प्रयास थालेको छ ।’

के देखाउँछ अनुसन्धानले ?

कोलारका अनुसार अन्तर्राष्ट्रिय वेवसाइटहरु हेर्दा विकानले कुल ८ सय ५ गोल गरेको देखिन्छ र यसमा १९५२ को सिजन चेक दोस्रो डिभिजनमा राडेक क्रालोभका लागि उनले गरेका गोल समावेश छैनन् । ती, गोलको तथ्याङ्क हराइरहेको विषय वेवसाइटहरुले पनि उल्लेख गरेको कोलार बताउँछन् । ‘हामीले त्यो तथ्याङ्क फेला पारेका छौं र यो २६ खेलमा ५३ गोल हो । र, हामीले विकानले खेलेका लिग, कप र अन्तर्राष्ट्रिय खेलहरुलाई डबल चेक गरेका छौं र त्यसपछि आधिकारीक गोललाई मात्रै जोड्दा पनि कुल ८ सय २१ गोल हुन आएको देखिन्छ ।’

उनी थप्छन्,‘यसको अर्थ क्रिष्टियानो रोनाल्डो अझैसम्म इतिहासका उत्कृष्ट गोलकर्ता होइनन् र उनले यो कीर्तिमान तोड्नका लागि अझै मेहिनत गर्नुपर्छ ।’

यसअघि पेले र रोमारियो दुबैले करियरमा १ हजारभन्दा धेरै गोल गरेको दाबी गरेका थिए ।

गोल डटकम

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.