ad
केन्द्रीय संस्करण

शाहरुखको फिल्म सेटमा सहायकले हाने निर्देशकलाई थप्पड, आदित्य चोपडाले बढाए स्टुडियोको सुरक्षा

person explore access_timeमाघ ९, २०७७ chat_bubble_outline0

शाहरुख खानको आउँदो फिल्म पठानको सेटमा सहायक निर्देशकले निर्देशक सिद्धार्थ आनन्दलाई थप्पड हानेको घटनालाई निर्माता आदित्य चोपडाले निकै गम्भीरतापूर्वक लिएका छन् । रिपोर्टलाई विश्वास गर्ने हो भने एकातिर उनले यशराज स्टूडियाको सुरक्षा कडा गरिदिएका छन् भने सेटमा घटित यो घटनाको अनुसन्धानको आदेश पनि दिएका छन् । 

सेटमा यस्तो पहिले कहिल्यै भएनः

स्पटबोयको रिपोर्टमा आदित्य चोपडाका एक नजिकका साथीलाई उद्धृत गर्दै लेखिएको छ, ‘यसअघि उनको सेटमा पहिले कहिले भएको थिएन । विशेषगरी शाहरुख खान स्टारर फिल्मको सेटमा त झन् फिटिक्कै भएको छैन । आदित्यले यसलाई हल्का रुपमा लिएका छैनन् । उनले यो घटनाको अनुसन्धानको आदेश पनि दिएका छन् ।’

यसै रिपोर्टमा यो पनि लेखिएको छ कि शाहरुख खान सेटमा महिलाको सुरक्षाका लागि चिन्तित छन् । ती साथीका अनुसार आदित्यले उनलाई भने, ‘हामी सेटमा मानिसबीच कुनै पनि प्रकारको झगडा हेर्न चाहँदैनौं ।’


निर्माता आदित्य चोपडा र निर्देशक  सिद्धार्थ आनन्द 

आखिर के भएको थियो पठानको सेटमा ?

बुधबार दिनभरी मिडिया  र सोसल मिडियामा फिल्मको सेटमा एक सहायक निर्देशकले सिद्धार्थलाई थप्पड हानेको खबर चलिरह्यो । खबरका अनुसार सहायकले सेटमा नो क्यामरा, नो मोबाइलको नियम लगातार तोडिरहेका थिए । उनी सिद्धार्थले रोकेपछि पनि रोकिएनन् । उल्टै उनले गाली गर्न सुरु गरे । रिसमा जब सिद्धार्थले उनलाई थप्पड हान्दा उनले पनि थप्पड नै हानेर उनको जवाफ फर्काएका थिए । 

सहायक निर्देशकलाई कामबाट निकालेः

घटनापछि एक दिनका लागि सुटिङ रोकिएको पनि जानकारी दिइएको छ । यस्तै सहायक निर्देशकलाई कामबाट निकालिएको छ । फिल्ममा दीपिका पादुकोण र डिम्पल कपाडियाको पनि मुख्य भूमिका छ । यो फिल्ममार्फत् शाहरुख करिब ३ वर्षपछि ठूलो पर्दामा फिर्ता हुँदैछन् । यो दिवालीमा रिलिज हुने अनुमान गरिएको छ । 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.