शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

दीलिपले अशिष्मातिर चलाए मायाको बतास

शुक्रबार, ०९ माघ २०७७, १२ : २६
शुक्रबार, ०९ माघ २०७७


काठमाडौं । गायिका डा. रानी शाक्य र गायक प्रमोद खरेलको स्वर रहेको युगल गीत ‘चल्यो मायाको बतास’ सार्वजनिक भएको छ । डान्सिङ शैलीमा तयार पारिएको गीतको भिडियो समेत बनेको छ । जसमा अभिनेता दिलिप रायमाझी र अभिनेत्री अशिष्मा नकर्मीको अभिनय देख्न सकिन्छ ।

ठूलोपर्दामा अहिलेसम्म सहकार्य नजुरेको यो जोडीको म्युजिक भिडियोमा केमिस्ट्री भने सुहाएको देख्न सकिन्छ । हरी उप्रेतीको शब्द रहेको गीतमा संगीत विकाश चौधरीले दिएका छन् ।

भिडियोमा राजन शाहीको कोरियोग्राफी,  आभेस बज्राचार्यको छायाँकन, माधव बेलबासेको सम्पादन रहेको छ । भिडियो निर्देशक प्रहिल कार्कीले निर्देशन गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप