शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

प्रतिनिधिसभा विघटनको ‘राजपत्रमा सूचना खोई ?’ भनेर सोधेपछि महान्यायाधिवक्ता इजलासबाट ‘गायब’

गुपचुप छापेर इजलासमा बुझाउने तयारी
शुक्रबार, ०९ माघ २०७७, ०७ : ३८
शुक्रबार, ०९ माघ २०७७

चियाब्रेकपछि जारी भएको सुनुवाइमा न्यायाधीश अनिलकुमार सिन्हाले ‘खोइ महान्यायाधिवक्ताज्यू ?’ भनेर प्रश्न गर्दा उनी त्यहाँ थिएनन् । महान्यायाधिवक्ता सुनुवाइ छाडेर हिँड्नुअघि सर्वोच्च अदालतमा बहसका दौरान अधिवक्ता टीकाराम भट्टराईले ‘प्रतिनिधिसभा विघटनको सूचना राजपत्रमा प्रकाशित भएको खोइ ?’ भनी प्रश्न गरेका थिए ।

प्रतिनिधिसभा विघटन भएको महिना दिनभन्दा बढी समय बित्दासमेत सरकारले राजपत्रमा त्यसको सूचना निकाल्न सम्भवतः भुलेको थियो । इजलासमा एकाएक यो प्रश्न उठेपछि चिया समयमा उठेर आफ्नो कार्यालय गएका महान्यायाधिवक्ता खरेल फेरि संवैधानिक इजलासमा फर्केनन् ।

‘महान्यायाधिवक्ता चिया समयमा आउनुभयो, त्यसलगत्तै राजपत्रबारे सोधखोज गरेर कानुन समूहका सचिव धनाराज ज्ञवालीलाई डाक्नुभएको थियो,’ स्रोतले भन्यो, ‘तुरुन्तै सचिवज्यू आउनुभयो र हतारमा जानुभयो ।’ सचिव ज्ञवालीले बिहीबार आफूले महान्यायधिवक्तासँग भेटघाट नगरेको दाबी गरे ।

विघटनको सूचना राजपत्रमा प्रकाशित नभएको भनी इजालसमा प्रश्न उठेपछि सरकारी निकायहरु खैलाबैला मच्चिएको हो । स्रोतका अनुसार उनले बैठकलगत्तै प्रधानमन्त्री कार्यालय फर्केर बैठक डाकी राजपत्रमा निकाल्ने सूचनाको मस्यौदा गर्न लगाएका छन् । बिहीबार रातभर छापेर शुक्रबार बिहान इजलासमा राजपत्रको प्रिन्टकपी बुझाउने तयारी भइरहेको छ ।

आजको कान्तिपुर दैनिकमा समाचार छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप