शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बेलायतमा थप १२९० को मृत्यु, ३७ हजार बढी संक्रमित

बिहीबार, ०८ माघ २०७७, २३ : ४३
बिहीबार, ०८ माघ २०७७

लन्डन । बेलायतमा पछिल्लो २४ घन्टामा थप १२९० जना कोरोना संक्रमितको मृत्यु भएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले जानकारी दिएको छ ।  अघिल्लो दिनको तुलनामा मृतक संख्या ५३० ले कमी भएको हो । यससँगै बेलायतमा कोरना संक्रमणका कारण मृत्यु हुनेको संख्या ९४ हजार ५८० पुगेको छ । बुधबार एकैदिनमा १८२० जनाको मृत्यु भएको थियो,जुन  महामारीयताकै उच्च हो ।

सबैभन्दा बढी मृतक संख्याको आधारमा बेलायत विश्वभरमा पाँचौं स्थानमा पार्दछ । यसैगरी गएको २४ घन्टामा ३७ हजार ८९२ जान नयाँ कोरोना संक्रमित थपिएका छन् । नयाँ संक्रमितसँगै बेलायतमा कोरोना संक्रमितको संख्या ३५ लाख ४३ हजार ६४६ पुगेको छ । कोरोना संक्रमित संख्या बढेसँगै बेलायतमा कोरोना विरुद्धको खोपलाई तीव्रता दिइएको छ ।

हालसम्म झन्डै  पचास लाख मानिसहरुलाई कोरोना विरुद्धको खोपको पहिलो डोज दिईसकेको स्वास्थ्य विभागले जनाएको छ । जसमध्ये  ४९ लाख ७३ हजार २४८ जनाले पहिलो डोज लिएका छन् भने चार लाख ६४ हजार ३६ जनाले दोस्रो तथा अन्तिम डोज लिइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप