घमिरको वडा कार्यालय तोडफोड
बिहीबार, ०८ माघ २०७७, २२ : ५५
गुल्मी । गुल्मीको मालिका गाउँपालिका–७ घमिरको वडा कार्यालयमा तेस्रो पटक तोडफोड भएको छ । आज सिसिटिभीको दृश्य हेर्दा बुधबार राति एक जना व्यक्तिले कार्यालय तोडफोड गरेका छन् । कार्यालयका दुवै ढोका तोडफोड गरिएको छ भने एउटा ल्यापटप चोरी भएको छ । त्यस्तै सिसिटिभीको फुटेज राखेको हार्डडिक्स कार्यालय नजिकैको ख¥यानमा फालेको अवस्थामा फेटिएको वडाध्यक्ष वेदप्रसाद पन्थले जानकारी दिए ।
कार्यालयका महत्वपूर्ण कागजपत्र पनि च्यातिएका छन् । स्मरण रहेस्, घमिरको वडा कार्यालयमा यसभन्दा अगाडि २०७६ पुस ९ गते र गत असोज १० गते तोडफोड भएको तर तोडफोड गर्न व्यक्ति भने पत्ता लागेको छैन । लगातार दोस्रो पटक कार्यालय तोडफोड भएपछि सिसिटिभि राखिएको थियो । यससम्बन्धमा जिल्ला प्रहरी कार्यालय, गुल्मीले मुुचुल्का तयार गरी घटनाको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उपनिर्वाचनमा आजदेखि प्रचारप्रसार गर्न नपाइने
-
आज यी चार प्रदेशमा चट्याङ्गसहित हल्का वर्षा, लुम्बिनी प्रदेशमा हावाहुरीको सम्भावना
-
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
-
महोत्तरीको मटिहानीमा ६ घण्टापछि आगो नियन्त्रणमा
-
हमासद्वारा इजरायली–अमेरिकी बन्धकको नयाँ भिडियो सार्वजनिक
-
लण्डनको सडकमा घोडाले मच्चायो आतङ्क, ४ जना घाइते