शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

लोकतन्त्रमा स्वेच्छाचारी हुने छुट कसैलाई छैन : नविन्द्रराज जोशी

बिहीबार, ०८ माघ २०७७, २१ : ५४
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । पूर्व मन्त्री एवं नेपाली काँग्रेसका केन्द्रीय सदस्य नविन्द्रराज जोशीले लोकतन्त्रमा स्वच्छारी हुने छुट कसैलाई नभएको बताएका छन् । आफ्नो निर्वाचन क्षेत्र काठमाडौं ८ मा काँग्रेसका स्थानीय तहहरुले विहीबार विभिन्न ठाउँमा आयोजना गरेको कार्यक्रमलाई संवोधन गर्दै यस्तो बताएका हुन् । 

संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान माथि ‘कु’ गरेको बताउँदै उनले सर्वोच्च अदालतले संविधानको पक्षमा फैसला गर्नेमा आफू आशावादी रहेको बताए । संविधानको मर्म विपरित ओलीको निरन्तरको प्रहारलाई अव जनताले रोक्न नसके देश दुर्घटना तर्फ जाने जोशीले दावी गरे । उनले लामो समय नेपाली जनताको संघर्षबाट प्राप्त लोकतन्त्र ओली हातमा पुगेपछि ‘बादरको हातमा नरिवल’ जस्तै भएको जिकिर गरे ।

 
उनले कम्युनिष्ट सरकारको पालामा ओली–प्रचण्डको स्वार्थ पूर्ति नहुँदा सतहमा आएर एकले अर्कालाई तल्लो स्तरको गालिगलौजमा उत्रेर राजनीतिलाई नै बद्नाम बनाएको बताए । सामन्य राजनीतिक सस्कार समेत नभएको जसरी सडकमा नांगो नाच देखाएर ओली र  प्रचण्डले जनताको विस्वासमाथि बेइमानी गरेको उनले आरोप लगाए ।  

काँग्रेस काठमाडौं क्षेत्र नं. ८ ले विहीबार बृहत मोटर साइकल र्याली निकालिनुका साथै सिठि जुलुसको समेत आयोजना गरिएको थियो । त्यसका साथै जोशीको नेतृत्वमा सरकारको असंवैधानीक कदम विरुद्ध  बसन्तपुरमा केहि समय धर्ना समेत दिएको नेविसंघका नेता सुदर्शनमान सिंहले जानकारी दिए । वर्तमान सरकारको विरुद्धमा नेपाली कांग्रेसले आज देशभरका स्थानीय तहहरुमा प्रर्दशन गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप