
रातोपाटीकर्मी केसीलाई जेसिस युवा उत्कृष्ट पत्रकारिता पुस्कार

बुटवल । रातोपाटीकर्मी तेजेन्द्र के.सी बुटवल जेसिसले स्थापना गरेको स्व.गणेशमान सैजु बुटवल जेसिज उत्कृष्ट पत्रकारीता पुस्कारबाट पुस्कृत भएका छन् ।
आज बुटवल जेसिसले आयोजना गरेको कार्यक्रममा केसीलाई पूर्वमन्त्री तथा नेपाली काँग्रेसका नेता गगन थापाले सम्मान पत्र तथा नगद राशी प्रदान गरेका थिए ।
बुटवल जेसीसले प्रत्येक बर्ष सुसासन सम्वन्धी समाचार लेख्ने युवा पत्रकारलाई पुस्कृत गर्ने गर्दछ । यस बर्ष विगत एक दर्शकदेखि बुटवलमा बसेर पत्रकार गर्ने रातोपाटी लुम्बिनी प्रदेश संयोजक तेजेन्द्र केसीलाई प्रदान गरिएको हो ।

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
रातोपाटी संवाददाता
‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम २०७० जेठ २७ देखि सञ्चालनमा आएको हो ।
तपाईको ईमेल गोप्य राखिनेछ