शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

मुलुकलाई राजनीतिक अस्थिरतामा लगियो : वरिष्ठ नेता पौडेल

बिहीबार, ०८ माघ २०७७, १८ : ५५
बिहीबार, ०८ माघ २०७७

नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद् विघटनसँगै देशलाई राजनीतिक अस्थिरतामा लगिएको बताएका छन् । 

काँग्रेस काठमाडौँ महानगरपालिका–१६ एकाइद्वारा आज आयोजना गरेको विरोधसभामा उहाँले झण्डै दुई तिहाइ बहुमत पाएको सरकारले पार्टीभित्रको विवादका कारण प्रतिनिधिसभा विघटन गरेर देशलाई राजनीतिक अस्थिरतामा लगेको आरोप लगाए ।  

“निर्वाचनमा गएर कांग्रेसलाई फाइदा भए पनि संसद् विघटनसँगै देशलाई ठूलो घाटा भएको छ”, उनले भने । संविधानले बहुमतको सरकारले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा विघटन गर्न अधिकार नदिएको उहाँको जिकिर थियो । 

काँग्रेस काठमाडौँका सभापति सबुज बानियाँले संविधानले दिएको अधिकारभन्दा बाहिर गएर सरकारले संसद् विघटन गरेको आरोप लगाए । काठमाडौँ–१६ का अध्यक्ष मुकुन्द रिजालले लोकतन्त्र रक्षाका लागि काँग्रेस एकजुट भएर अगाडि बढ्नुपर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप