शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

स्यान्डलवुड ड्रग्स केसमा अभिनेत्री रागिनी द्विेदीलाई सर्वोच्च अदालतको जमानत

बिहीबार, ०८ माघ २०७७, १३ : १०
बिहीबार, ०८ माघ २०७७

भारतको सर्वोच्च अदालतले कन्नड फिल्मकी अभिनेत्री रागिनी द्विेदीलाई ‘स्यान्डलवुड ड्रग्स केस’ मा जमानत दिएको छ । रागिनीमाथि यो मामिलामा कथित रुपमा संलग्न भएको आरोप छ । 

सेन्ट्रल क्राइम ब्रान्चले कन्नड फिल्म उद्योगमा मादक पदार्थको प्रयोगको मामिलामा अभिनेत्री रागिनीलाई पक्राउ गरेको थियो । 

बिहिबार सर्वोच्च अदालतका तीन न्यायाधिसको बेन्चले उनको जमानतको आदेश दिएका हुन् । यो बेन्चको अध्यक्षता जस्टिन रोहिंगटन फली नरिमनले गरिरहेका थिए ।
 
सुनुवाईको क्रममा जस्टिस नरिमनले भनेका छन्, ‘सरसर्ती हेर्दा यस्तो लाग्छ कि अभियोजन पक्षले रागिनीविरुद्ध गलत तरिकाले केही धारा लगाएका छन् । त्यसैले यो मामिलामा उनले जमानत पाउनुपर्छ ।’

रागिनीमाथि मादक पदार्थको कारोबार गर्नेहरुलाई सम्पर्क गरेको आरोप छ ।

यसअघि कर्नाटक हाईकोर्टले नोभेम्बर २ मा रागिनीको जमानत याचिका खारेज गरिदिएको थियो । रागिनी ४ सेप्टेम्बरदेखि न्यायिक हिरासतमा छिन् । तर बिहिबारको सुनुवाईपछि नरिमनले कर्नाटक हाइकोर्टको निर्णय उल्ट्याइदिएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप