बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

‘घिन्ताङ’मा एजिलाको जोडी गौरव

बिहीबार, ०८ माघ २०७७, ११ : ५१
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । दीपक श्रेष्ठको निर्देशन रहने फिल्म ‘घिन्ताङ’का लागि अभिनेताको रुपमा गौरव पहारी अनुबन्धित भएका छन् । केही दिन अगाडि अभिनेत्रीको रुपमा एलिजा गौतमसँग सम्झौता गरेको निर्माण युनिटले अहिले अभिनेताको रुपमा पहाडी फाइनल गरेको हो ।

यस अगाडि अभिनेताको रुपमा निर्माण युनिटको अभिनेता विपिन कार्कीसँग पनि कुराकानी अगाडि बढाएको थियो ।  विपिनले समय दिन नभ्याउने भएपछि निर्माण युनिटले ‘घिन्ताङ’मा अभिनेताको रुपमा पहारीलाई छनौट गरेको हा । फिल्म अभिनयको बिषयमा पहारीसँग निर्देशक श्रेष्ठले सम्झौता समेत गरिसकेको बताइएको छ ।

फिल्ममा पहारीले अव एलिजासँग रोमान्स गर्नेछन् । गाउँघरमा बस्ने नेपालीहरुको वास्तविक कथामा बन्न लागेको ‘घिन्ताङ’ मार्फत निर्देशन श्रेष्ठले लामो समयपछि निर्देशनमा कमब्याक गर्न लागेका हुन् । कमब्याक फिल्म सफल बनाउन उनी अहिले प्रिप्रोडक्सनमा समेत मिहिनेत गरिरहेका छन् ।

‘पापी मान्छे, भाई, तकदिर, पर्खि बसेँ, हिम्मत, सुर्य चन्द्र, वचन, वीर’लगायत श्रेष्ठले यस अगाडि थुप्रै हिट फिल्म दिएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप