बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

रोनाल्डोको प्रेरणामा युभेन्टसलाई इटालियन सुपर कप

बिहीबार, ०८ माघ २०७७, १० : ५५
बिहीबार, ०८ माघ २०७७

क्रिस्टियानो रोनाल्डोले करियरको सम्भावित विश्व कीर्तिमानी ७६० औँ गोल गरेपछि युभेन्टसले नापोलाीलाई हराउँदै इटालियन सुपर कपको उपाधि जितेको छ । म्यानेजरका रुपमा आन्द्रे पिर्लोले पहिलो उपाधि हात पारेका छन् ।

पोर्चुगिज फरवार्डले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए भने सब्सिटिट्युट अल्भारो मोराटाले इन्जुरी समयमा गोल गर्दै युभेन्टसको जीत सुनिश्चित गरे ।

गोलले जोसेफ बिकानको विवादीत गोल संख्यालाई उछिन्दै रोनाल्डो सर्वकालिन सर्वाधिक गोलकर्ता बनेका छन् ।

उता, नापोलीका लोरेन्जो इन्सीन्येले खेलमा १० मिनेट बाँकी छँदा पेनाल्टी मिस गरेका थिए ।

आइतबार इन्टर मिलानसँग २–० ले पराजित गरेको युभेन्टस इटालियन सिरिए ए मा भने पाँचौ स्थानमा सिमित रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप