शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

'हामी नेपाली' को सद्भावना दूतमा राजा घले

बिहीबार, ०८ माघ २०७७, १० : ०९
बिहीबार, ०८ माघ २०७७

विश्वभरका नेपालीहरुलाई जोड्ने अभियानमा रहेको गैरमुनाफामुलक संगठन ‘हामी नेपाली ग्लोबल’ को केन्द्रीय कार्यसमितिले एटलान्टा निवासी सामाजिक अभियन्ता राजा घलेलाई नर्थ र साउथ अमेरिकाको सद्भावना दूतमा नियुक्त गरेको छ ।

नेपाली डायस्पोरास्थित समुदायको विकासमा सक्रिय रहेकाले राजा घलेलाई सम्मान स्वरुप राजदूतको पदमा मनोनित गरेको संस्थाका अध्यक्ष अमृत लामाद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।

राजा घले नेप्लिज एशोशिएसन इन साउथ इस्ट अमेरिका(नासा)का प्रथम अध्यक्ष ,एसियन प्यासिफिक अमेरिकन काउनसिलका महासचिब प्रथम निर्वाचित नेपाली,अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रबाट एनआरएन आईसीसीमा निर्वाचित हुने प्रथम व्यक्ति र अमेरिकाको दक्षिण–पूर्वी क्षेत्रका लागि नेपालका सद्भावना दूत समेत हुन् । यस्तै दर्जनौ संघ संस्थामा उनि क्रियाशील छन् !

 ‘हामी नेपाली ग्लोबल’ को सद्भावना दूत बन्न पाउँदा गर्व र खुसी लागेको प्रतिक्रिया राजा घलेले दिए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप