शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री ओलीले दिए नवनिर्वाचित अमेरिकी राष्ट्रपतिलाई बधाई

बिहीबार, ०८ माघ २०७७, ०० : ०५
बिहीबार, ०८ माघ २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनिर्वाचित अमेरिकी राष्ट्रपति जो बाइडेलाई कार्यकाल सफलताको शुभकामनासहित बधाई दिएका  छन् । बाइडेनले बुधबार ४६ औं राष्ट्रपति पदको सपथ लिएलगत्तै प्रधानमन्त्री ओलीले ट्वीटरमार्फत उनलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गर्दै बधाई दिएका हुन् ।

प्रधानमन्त्री ओलीले दुई देशबीच पारम्पारिक रुपमा न्यानो र मैत्रीपूर्ण सम्बन्धलाई अझ् सुदृढ पार्दै सँगसँगै काम गर्न चाहेको बताएका छन् । बाइडेनले बुधबार अमेरिकाको ४६ औं राष्ट्रपति पदमा सपथ लिएलगत्तै उनलाई विश्वभरबाट शुभकामना दिनेहरुको संख्या बढिरहेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप