कक्षा ११ की एक छात्रालाई होटलमा लगेर परीक्षा लिएको आरोपमा तीन शिक्षक पक्राउ
कास्की । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यामिक विद्यालय कास्कीका ३ जना शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार उनीहरुले कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक विधि विषयक आंशिक परीक्षामा सोही विद्यालयकी एक छात्रालाई परीक्षा केन्द्रभन्दा बाहिर होटलमा लगेर अमर्यादित रुपमा परीक्षा लिएको आरोप छ ।
राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरको पत्र जाहेरी सहितको कागजातहरु माघ २ गते प्राप्त भएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका–१८ कास्कीकोट स्थायी घर भई हाल सोही महानगरपालिका–१ बाघबजार बस्ने उक्त विद्यालयका प्रधानाध्यापक ४८ वर्षीय सूर्य तिवारी, रुपा गाउँपालिका–४ सिद्ध स्थायी घर भई हाल पोखरा महानगरपालिका–११ फुलवारी बस्ने शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका–२० भलाम बस्ने सोही विद्यालयका शिक्षक ४० वर्षीय शिरिषकुमार बस्ताकोटी छन् ।
उनीहरु उपर शिक्षा ऐन अन्तर्गत मुद्दामा जिल्ला अदालत कास्कीबाट ५ दिन म्याद भई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारले अब सबैखाले विपद्बाट क्षति भएका घरको पुनर्निर्माण गर्न अनुदान दिने
-
दैलेखमा चट्याङ पर्दा ३ जना विद्यार्थी घाइते
-
सन्दीप लामिछानेबारे जोडेर चरित्रहत्या गर्न खोजिएको भन्दै पारस खड्काको आपत्ति
-
रविलाई दिइएको ‘क्लिन चिट’ विवादमा, महान्यायाधिवक्तामाथि मुद्दा चल्ने खतरा !
-
कार्यकर्तालाई इमानदार बन्न एमाले अध्यक्ष ओलीको आग्रह
-
सरकारले सहकारी ठगीमा संलग्नलाई संरक्षण गर्न थाल्यो : नैनसिंह महर