फिल्म ‘छ माया छपक्कै’ युट्यबमा सार्वजनिक
काठमाडौं । हिट फिल्म ‘छ माया छपक्कै’ सार्वजनिक भएको छ । दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे लगायतको समुहले निर्माण गरेको फिल्म मंगलबार आमा अग्नी कुमारी मिडियाको युट्युवमार्फत् सार्वजनिक भएको हो ।
दीपेन्द्र लामाको लेखक तथा निर्देशन रहेको फिल्मका फिल्मका निर्माता रोहित अधिकारी हुन् । फिल्ममा दीपकराज गिरी, केकी अधिकारी, केदार घिमिरे, सुपुष्पा भट्ट, जीतु नेपाललगायत कलाकारको अभिनय रहेको छ ।
फिल्म युट्युबमा आएको जानकारी सहितको एक स्टाटस कलाकार दीपक राज गिरीले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । जसमा भनेका छन्– ‘आदरणीय मित्रहरु, हाम्रो पछिल्लो फिल्म ‘छ माया छपक्कै’ पनि युट्यूबमा आएको छ । यो राजनीतिक कथाबस्तुमा आधारित फिल्मलाई तपाईंहरुले धेरै माया दिनु भएको छ । धेरै दर्शकले यो फिल्मलाई हलमा, फिल्म एपमा, डिस होममा हेरेर माया गर्नु भो, आजदेखि एचडी क्वालिटीसहित यूट्युबमा आएको छ । हेरेर प्रतिक्रिया पाउँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वैशाख १२ देखि सुरु हुने चौथो संस्करणको हिमालयन हाइड्रो एक्स्पोको तयारी पूरा
-
नेशनल पेमेन्ट गेटवे प्रकरणमा सुनिल पौडेल दोषी ठहर
-
जीबी राईसहित १९ जनाविरुद्ध ३५ दिने म्याद
-
‘डिग्री माइला’को पहिलो साताको आम्दानी कति ?
-
भीमाको मृत्युबारे संसदमा उठ्यो कुरा, सत्यतथ्य छानबिन गर्न माग
-
गण्डकीका मुख्यमन्त्री अधिकारी भन्छन्– मैले संविधान बुझेको छु