बागमती प्रदेश : अविश्वासको प्रस्तावबारे छलफलका लागि कार्यविधि तयार पार्न कार्यदल
![बागमती प्रदेश : अविश्वासको प्रस्तावबारे छलफलका लागि कार्यविधि तयार पार्न कार्यदल](https://rpcdn.ratopati.com/media/albums/dormani-paudel-new_K435UWWwf2.jpg)
वाग्मती प्रदेशसभाको आज बसेको कार्य परार्मश समितिको बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको विरुद्धमा दर्ता भएको अविश्वासको प्रस्तावलाई संसद्को बैठकमा छलफलमा ल्याउने कार्यविधि तयार पार्न नेकपा संसदीय दलका प्रमुख सचेतक केशवराज पाण्डेको संयोजकत्वमा नौ सदस्यीय कार्यदल गठन गरेको छ ।
कार्यदलमा प्रदेशसभाका सदस्यहरु गणेशप्रसाद दुलाल, राजेन्द्रप्रसाद पाण्डे, बुद्धिमान माझी, शोभा शाक्य, रीना गुरुङ, छिरिङदोर्जे लामा, रीता माझी र पुकार महर्जन रहनुभएको प्रदेशसभा सचिवालयले जनाएको छ । कार्यदलको बैठक भोली माघ ७ गते बिहान ८ बजे बस्ने र बैठकले अविश्वासको प्रस्तावको कार्यविधि तयार गर्नुको साथै पूर्ण बैठकमा छलफलमा ल्याउन मिति तोकिने कार्यदलका संयोजक पाण्डेले बताए ।
प्रदेशसभाको भोलि माघ ७ गते बस्ने सातौँ बैठकमा विभिन्न दलको तर्फबाट प्रदेशसभाका सदस्यले शुभकामना मन्तव्य प्रस्तुत गर्ने भएको प्रदेशसभा सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए। प्रदेशसभामा अहिले नेकपाको ८०, नेपाली कांगे्रसको २२, विवेकशील साझा दलको तीन, नेपाल मजदूर किसान पार्टीको दुई, राप्रपाको दुई र एक स्वतन्त्र गरी ११० सदस्य रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई दलीय चक्रव्यूहमा मौलाएको यथास्थिति
-
लगातार दुई दिन वर्षाले खेल बिथोलेपछि दुवै टोलीलाई विजेता घोषित गरिएको तेस्रो संस्करण
-
नयाँ शक्तिको महाधिवेशनबाट १३ बुँदे समसामयिक प्रस्ताव पारित (पूर्णपाठ)
-
क्षतिग्रस्त बीपी राजमार्गको मर्मत सुरु
-
पहिरोले हुम्लाको खच्चा सडक अवरुद्ध
-
खेल मिलेमतो प्रकरणमा बंगलादेशी क्रिकेटरमाथि पाँच वर्षको प्रतिबन्ध