बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

डा. रिजालको ‘यो कहरले...’ सार्वजनिक

मङ्गलबार, ०६ माघ २०७७, ११ : ४९
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौं । कोरोना महामारी (कोभिड–१९)ले विश्वलाई नै आक्रान्त बनाएको अवस्थामा यसले मानिसमा परेको आर्थिक, सामाजिक, भौतिक, शैक्षिक तथा मनोवैज्ञानिक त्रास र समस्यालाई सर्जकहरुले पनि गीतमार्फत व्यक्त गर्नेक्रम जारी रहेको छ ।
यस्तैमा गीतकार डा. भोला रिजालले गीत ‘यो कहरले .....’ मार्फत कोरानाको पिडा व्यक्त गरेका छन् ।  जुन गीत अहिले गीत सार्वजनिक भएको छ ।
नेपाली गीत, संगीत तथा साहित्यका क्षेत्रमा चर्चित रिजालद्वारा लेखिएको गीतमा कम्पोज अशोक कुमार राईको छ भने युवराज गुरुङको स्वर छ ।

‘गीत, संगीतको माध्यमवाट धेरै कुरा समाजमा सहज ढंगले पुग्ने भएकाले यो परिस्थितिलाई समेटेर डा. रिजालले गीत लेखेको र आफूले त्यसलाई स्वर दिन पाएकोमा खुसी व्यक्त गर्दछु,’ गायक गुरुङले भने, ‘यो गीतले नेपाल लगायत विश्वका नागरिकमा सकारात्मक संदेश प्रवाह हुने छ ।’
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप