शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

स्वयम्भुबाट एनआईसी एसियाको एटिएम मेसिन फोड्दै गरेका २ जना पक्राउ

मङ्गलबार, ०६ माघ २०७७, ११ : ४६
मङ्गलबार, ०६ माघ २०७७

काठमाडौँ । एनआईसी एसियाको स्वयम्भु शाखामा रहेको एटिएम मेसिन फोड्दै गरेका २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सोमबार बिहान २ः१५ मा एटिएम मेसिन फोड्दै गर्दा नियमित गस्तीमा रहेका प्रहरीले टोलीले पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता डिएसपी प्रमेश विष्टले रातोपाटीलाई बताए । 

प्रहरीले मेसिन फोड्दै गर्दा  बैतडी महादेवस्थान गाउँपालिका वडा नं ५ स्थायी घर भएका हाल माछापोखरी बस्दै आएका कमल बहादुर धानुक पक्राउ परेका हुन् । फरार रहेका शुरेस धानुक हिजो साँझ पक्राउ परेका डिएसपी विष्टले बताए । 

प्रहरीले उनीहरुको साथबाट मेसिन फोर्न प्रयोग भएका पाइप रेन्ची एक थान, हतौडा एक थान बरामद गरेको छ । 

पक्राउ पर्ने दुई जना दाजुभाई रहेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप