बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

ट्रम्पले आदेश दिएपनि लागू हुनेछ यात्रा प्रतिबन्धः जो बाइडेन

मङ्गलबार, ०६ माघ २०७७, १० : ४३
मङ्गलबार, ०६ माघ २०७७

अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनकी प्रवक्ताले अमेरिकाले बेलायत, युरोपेली युनियनका केही देश र ब्राजिलमाथि लगाएको यात्रा प्रतिबन्ध नहट्ने स्पष्ट पारेकी छिन् । 

यसअघि डोनल्ड ट्रम्पले यात्रा प्रतिबन्ध हटाउन आदेश दिएका थिए । 

सोमबार ह्वाइट हाउसले एक आदेश जारी गर्दै बेलायत, यूरोपेली युनियनका केही देश र ब्राजिलमाथि लागेको यात्रा प्रतिबन्ध जो बाइडेनले राष्ट्रपतिको कार्यभार सम्हालेको ६ दिनपछि अर्थात् २६ जनवरीमा समाप्त हुने जानकारी दियो । 

तर त्यसको केही बेरपछि नै जो बाइडेनकी प्रवक्ता जेन साकीले सोसल मिडियामा मेडिकल 
टिमको सल्लाह अनुसार प्रशासनले २६ तारिखमा यात्रा प्रतिबन्ध हटाउन नहुने बताइन् । 
उनले लेखिन्, ‘कोरोना महामारीको स्थिती लगातार बिग्रिरहेको छ र भाइरसका थप संक्रमित भेरियन्ट सार्वजनिक भइरहेका छन् । यस्तोमा यात्रा प्रतिबन्ध समाप्त गर्ने सही समय होइन ।’

उनले यससँगै लेखिन्, ‘म कोभिड–१९ लाई थप फैलनबाट रोक्नका लागि सार्वजनिक स्वास्थ्य र अन्तर्राष्ट्रिय यात्रासँग सम्बन्धित आदेश जारी गर्ने बारे विचार गरिरहेकी छु ।’


अमेरिकाले अघिल्लो वर्ष मार्चमा युरोपमाथि प्रतिबन्ध लगाएको थियो र मेमा ब्राजिलमाथि पनि यात्रा प्रतिबन्ध लगाएको थियो । 

जेन साकीको ट्वीटभन्दा केही समय अघि राष्ट्रपति डोनल्ड ट्रम्पले एक आदेशमाथि हस्ताक्षर गरेका थिए जस अनुसार २६ जनवरीमा बेलायत, आयरल्याण्ड, युरोपको शेंगेन क्षेत्र र ब्राजिलमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाइनु पर्ने थियो । यो आदेश अनुसार चीन र इरानमाथि लगाएको प्रतिबन्ध जारी रहनेछ । 
अघिल्लो हप्ता अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनले २६ जनवरीमा हवाई मार्गमार्फत् अमेरिका आउने सबै यात्रीका लागि कोभिड–१९ नेगेटिभ वा भाइरस संक्रमणपछि पूर्ण रुपमा स्वस्थ भएको प्रमाण दिनुपर्ने बताएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप