बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

बलिदानी दिवस प्रदेश सरकार र मधेश आन्दोलन अगुवा युवाहरुले बेग्ला बेग्लैरुपमा मनाए

सोमबार, ०५ माघ २०७७, २१ : १९
सोमबार, ०५ माघ २०७७

जनकपुर । मधेशमा अधिकार प्राप्तिका लागि पहिलो पटक भएको मधेश आन्दोलनको १४ वर्ष पूरा भएको छ । स्वायत्त मधेश एक प्रदेश र अधिकार प्राप्तिका लागि आज भन्दा १४ वर्ष अगाडी मधेशी जनता तथा मधेशवादी दलहरुले आन्दोलन गरेका थिए ।

प्रदेश सरकार गठन भएपछि प्रत्येक वर्ष माघ ५ गते औपचारिक रुपमै बलिदानी दिवस मनाउँदै आएको छ । यस वर्ष पनि प्रदेश सरकारले जनकपुरधाममा एक कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाएको छ । एका तर्फ मधेश आन्दोलनको नेतृत्व गरेका युवाहरुको एक समूहले छुट्टै स्थानमा कार्यक्रमको आयोजना गरी बलिदानी दिवस मनाएका छन् ।

प्रदेश सरकारले जनकपुरधामस्थित उद्योग वाणिज्य संघको सभाहलमा बलिदानी दिवस मनाएको छ भने अर्को तर्फ मधेस आन्दोलनको अगुवाई गरेका युवाहरुले जनकपुरधामको जनक चोकस्थित सडकमै बलिदानी दिवस मनाए ।

प्रदेश सरकारले आयोजना गरेको बलिदानी दिवसमा शहीद परिवारका सदस्यहरु, जसपाका बरिष्ठ नेता राजजेन्द्र महतो, अनिल झा, प्रदेश २का मुख्यमन्त्री लालबाबु राउत, मन्त्रीहरु जितेन्द्र सोनल, नवलकिशोर साह, रामनरेश राय लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको अध्यक्षता पहिलो मधेश आन्दोलनका प्रथम शहीद रमेश महतोको आमाले गरेकी थिइन् ।

प्रदेश सरकारले ६० जना शहीद परिवारलाई सम्मान गरेका छन् । बलिदानी दिवसको अवसरमा प्रदेश सरकारले मधेश आन्दोलनको क्रममा मृत्यू भएका ६० जना शहीद परिवारका सदस्यहरुलाई प्रदेश सरकारले दोसल्ला तथा २५ हजार नगद सहित सम्मान गरेको छ ।

तर भर्पाईमा भने रकम उल्लेख नै नगरी सबै शहिद परिवारका प्रतिनिधिहरुसँग प्रदेश सरकारले हस्ताक्षर भने गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप