मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश १ का तीन सांसदले अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता

सोमबार, ०५ माघ २०७७, २० : ३६
सोमबार, ०५ माघ २०७७

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेका प्रचण्ड नेपाल पक्षका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्दै ओली पक्षमा लागेका छन् ।अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गरेका हुन् ।

उनीहरुले सोमबार संयुक्त रुपमा प्रदेश सचिवालयका सचिवलाई निवेदन लेख्दै अविश्वास प्रस्तावमा गरेको हस्ताक्षर फिर्ता लिएको जनाएका हुन् । ‘नेकपाकै सरकारविरुद्ध हामी नेकपाकै सांसदहरुले अविश्वास प्रस्ताव दर्ता गर्नु उपयुक्त ठानेनौ । तसर्थ, उक्त प्रस्तावको हस्ताक्षर फिर्ता लिएको व्यहोरा सामूहिक निवेदन मार्फत अनुरोध गर्दर्छौ’ उनीहरुले भनेका छन् । तीनै जना झापा जिल्लाका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप