मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

पौडेल भेट्न बोहोराटार पुगे देउवा, भोलिको बैठक सर्‍यो

सोमबार, ०५ माघ २०७७, १९ : ५२
सोमबार, ०५ माघ २०७७

काठमाडौं । नेपाली काँग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच भेटवार्ता भएको छ । सोमबार अपरान्ह सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न पौडेलको निवास बोहोराटार पुगेका हुन्। 

बोहोराटारमा देउवा र पौडेलबीच  करिब एक घण्टा संवाद भएको थियो । असोज १२ मा पौडेल पक्षले केन्द्रीय समितिमा पेस गरेको विरोध पत्रका विषयमा छलफल भएको पौडेलका्े सचिवालयले जनाएको छ ।

स्रोतका अनुसार प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीका नेताहरुबाट आइरहेका फरक फरक धारणाका विषयमा पनि छलफल भएको छ । संसद् पुनर्स्थापनाको मुद्दासहित सडकमा जानुपर्नेमा पौडेलले जोडदिएपछि देउवाले पौडेलसँग  ‘वान टु वान’ वार्ता गरेको बुझिएको छ ।

गत बुधबार नेकपाका प्रचण्डनेपाल पक्षका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले आफूसँग राखेको प्रस्तावबारे पनि देउवाले पौडेललाई जानकारी गराएका छन् । प्रचण्ड र नेपालले सडक संघर्ष, केन्द्रदेखि प्रदेशको सत्ता र निर्वाचनको समीकरणका सन्दर्भमा देउवा सामूह प्रस्ताव राखेका थिए ।  

यता भोलि (मंगलबार)लाई बोलाइएको काँग्रेस केन्द्रीय कार्यसमिति बैठक सारिएको छ। अब माघ १३ गते केन्द्रीय समिति बैठक बस्ने काँग्रेसले जनाएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप