शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

धम्क्याउँदै रकम असुली गर्न खोज्ने तीन जना बागबजारबाट पक्राउ

सोमबार, ०५ माघ २०७७, १८ : १९
सोमबार, ०५ माघ २०७७

काठमाडौँ । फोन र म्यासेजमार्फत धम्क्याउँदै रकम असुली गर्न खोज्ने तीन जना पक्राउ परेका छन् । 

आइतबार साँझ काठमाडौँको बागबजारस्थित मोडल हस्पिटलबाट दोलखाका १९ वर्षका प्रदिप कार्की र सुरज भण्डारी साथै २१ वर्षीय किरण कार्की पक्राउ परेका हुन् । 

पक्राउ परेका व्यक्तिहरुले फोन र म्यासेजमार्फत काठमाडौँ उपत्यकाका विभिन्न व्यक्तिहरुलाई रकम माग्ने गरेको र नदिए ज्यान मार्ने धम्की समेत दिने गरेका महानगरी अपराध महाशाखाले जनाएको छ  । 

धम्क्याउँदै रकम असुली गर्न खोज्ने गिरोह सक्रिय रहेको सूचनाको आधारमा महाशाखाले परिचालन गरेको प्रहरी टोलीले उक्त गिरोह पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुको साथबाट प्रहरीले धम्क्याउन प्रयोग भएका पाँच वटा मोबाइल र सिम बरामद गरेको छ । 

थप अनुसन्धानका लागि अभियुक्तहरुलाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वर पठाइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप