शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

टिकाको ‘माया लुकी लुकी’ले बनायो १० करोडको रेकर्ड

सोमबार, ०५ माघ २०७७, १८ : ११
सोमबार, ०५ माघ २०७७

काठमाडौं । गायिका टिका प्रसाईंको गीत ‘माया लुकी लुकी’ले एउटा रेकर्ड बनाउन सफल भएको छ । युट्युवमा १० करोड बढी भियुज पाएको यो गीत नेपाली एल्बमको गीतहरु मध्ये अहिलेसम्मकै धेरै भियुज पाउने गीत बन्न सफल भएको हो ।

२०१८ जुन ७ मा सार्वजनिक गीतले समाचार तयार गर्दासम्म १० करोड ५५ हजार वढी भियुज पाएको छ । गीतलाई ४ लाख १५ हजार लाइक र ४९ हजार डिस लाइक पाएको छ । आनन्द अधिकारीको शब्द तथा आशिष अविरको संगीत रहेको गीतमा एरेन्ज समेत अविरलकै रहेको छ ।

काटुर्न क्रियुज माफी फिचरिङ गरिएको भिडियोमा ज्ञानेन्द्र शर्मा हुमागाइको छायाँकन, प्रविन श्रेष्ठको सम्पाद रहेको छ । भिडियो सरोज अधिकारीले निर्देशन गरेका हुन् ।  गीतबाट थुप्रै अवार्ड समेत हात पार्न सफल गायिका प्रसाईलाई यो गीतको असफलताले आगामी दिनको लागि चुनौती समेत थपिएको बताउँछिन् ।

‘गीतले नेपालमा एउटा रेकर्ड बनाएको छ । त्यो हिसावले एकदमै खुसी छु’ उनले भनिन्–‘अब पहिलेको भन्दा उत्कृष्ट गीत कसरी दिने भन्ने चुनौती मलाई छ ।’ २०५८ सालमा पहिलोपटक ‘के गर्नु हो तिम्रो कसम.. ’ र ‘तिम्रो दिलको कुनाकानी’ गीतबाट गायन सुरुवात गरेकी प्रसाई पछिल्लो समय फिल्मको पाश्र्व गायनमा समेत जमेकी छन् ।

अहिलेसम्म ४ सयभन्दा बढी गीत रेकर्ड गराइसकेकी टिकाका ‘नाइ मलाइ थाहा छैन’, ‘सेल्फीको जमाना’, ‘चट्ट सलाम’, ‘एउटा कुरा भनौं’ लगायत थुप्रै गीत हिट छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप