ad
केन्द्रीय संस्करण

जापान, कम्फर्ट वुमेन र विली ब्रान्ट

person explore access_timeमाघ ५, २०७७ chat_bubble_outline0

 

 

यति बेला फेरि जापान र दक्षिण कोरियाबीच यौनदासी(comfort woman) का बारेमा विवाद सुरु भएको छ । दक्षिण कोरियाको अदालतले जापान सरकारलाई कोरियाली प्रायद्वीप कब्जा गरेको बेला यौनदासी बनाइएका १२ जना महिलालाई ९१ हजार डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ । जापान सरकारले यो आदेशप्रति खेद जनाउँदै भनेको छ हामी कुनै पनि हालतमा यो आदेश स्वीकार गर्न सक्दैनौँ । जापान सरकारको भनाइअनुसार उसले दक्षिण कोरियाका युद्धसम्बन्धी सबै दाबीलाई १९६५ को सन्धि अनरूप भुक्तानी गरिसकेको छ।

को हुन् यौनदासीहरु ?

साम्राज्यवादी जापानले दोस्रो विश्वयुद्ध सुरु हुनु अघिदेखि अन्त्य नभएसम्म आफ्ना सैनिकलाई मनोरञ्जन दिन वेश्यालय खोलेको थियो । त्यसमा करिब ३ लाखदेखि ४ लाख महिलाहरुलाई यो काममा लगाएको थियो । तीमध्ये अधिकांश चीन, कोरिया र फिलिपिन्सका थिए । तर अरू जापान अधिनस्थ देशहरुका महिलालाई पनि कम्फर्ट वुमेनका रूपमा प्रयोग गरिएको थियो । ती देशहरु थिए( बर्मा, थाइल्यान्ड, भियतनाम, इन्डोनेसिया, हङ्गकङ, मकाउ आदि थिए । यो कामका लागि महिलाहरुलाई नर्सिङ र अन्य उद्योगमा काम गर्न भनेर झुक्याएर, सडकमा हिँडिरहेकाहरुलाई अपहरण गरेर ल्याइन्थ्यो । एकचोटि ती महिलाहरु सैनिक वेश्यालय पुगेपछि तिनीहरुको नारकीय जीवन सुरु हुन्योलय। एक जना कम्फर्ट महिला किम हाक सुन जसलाई १७ वर्षको उमेरमा जापानिज सैनिकहरुले राम्रो तलब पाउने कपडा फ्याक्ट्रीमा काम गर्न भनेर झुक्याएर वेश्यालयमा पुर्‍याएका थिए । उनलाई त्यहाँ पुर्‍याएको दिनदेखि नै उनीमाथि बलात्कार सुरु भयो, जुन कहिले रोकिएन ।

अमेरिकी सेनाले उद्धार गरेका याैनदासीहरुसँग साेधपुछ गरिँदै (अगस्त १४, १९४४) । https://en.wikipedia.org

ती कम्फर्ट वुमेनहरु जो त्यो यातनाबाट बाँचेर फर्के उनीहरुको बाँकी जीवन पनि सुखद् रहेन । आफ्नै देशको समाजले पनि उनीहरुलाई अछुतको व्यवहार गर्‍यो, केही यौनरोगको जटिलताका कारण मरे र केहीले आत्महत्या गरे । जापानले आफूले युद्धको क्रममा कम्फर्ट वुमेन प्रयोग गरेको कुरा दसकौँसम्म अस्वीकार गरिरह्यो ।

किम हाक सुनका अनुसार त्यहाँ हरेक दिन प्रत्येक कम्फर्ट वुमेनले ३०(४० जापानिज सैनिकहरुलाई सेवा दिनु पर्थ्यो । जापानिज सैनिकहरु आफ्नो पालो पर्खेर कम्फर्ट वुमेनहरुको सानो कोठा आगाडि लाइन लागेर बसेका हुन्थे । त्यहाँ भोग्नुपरेको अमानवीय व्यवहार र यातनाका कारण दोस्रो विश्वयुद्ध सकिँदासम्म ९० प्रितशत ती कम्फर्ट वुमेनहरुको मृत्यु भइसकेको थियो ।

ती कम्फर्ट वुमेनहरु जो त्यो यातनाबाट बाँचेर फर्के उनीहरुको बाँकी जीवन पनि सुखद् रहेन । आफ्नै देशको समाजले पनि उनीहरुलाई अछुतको व्यवहार गर्‍यो, केही यौनरोगको जटिलताका कारण मरे र केहीले आत्महत्या गरे । जापानले आफूले युद्धको क्रममा कम्फर्ट वुमेन प्रयोग गरेको कुरा दसकौँसम्म अस्वीकार गरिरह्यो । तर जब १९८७ मा दक्षिण कोरियामा सैनिक शासनको पतन भयो र प्रजातन्त्र आयो । अनि मात्र दक्षिण कोरियाका पूर्व कम्फर्ट वुमेन र मानव अधिकारवादी कार्यकर्ताहरुले यो कुरा जोडदार रूपमा उठाउन थाले । ९० को दसकको सुरुवातमा यो मामिला झन् चर्को रूपमा उठ्यो । अन्तत: सन १९९३ मा जापान सरकारले कम्फर्ट वुमेन प्रयोगसम्बन्धी आरोपलाई स्वीकार गर्दै माफी माग्यो । २०१५ मा जापान र दक्षिण कोरिया सरकारबीच यो मामिलाबारे सम्झौता भयो । जसअन्तर्गत जापानले यो अपराधका लागि माफी माग्दै जीवित रहेका कम्फर्ट वुमेनहरुलाई ८३ लाख डलर क्षतिपूर्ति दिन सहमत भयो । यो सम्झौतालाई दक्षिण कोरियाली पूर्वकम्फर्ट वुमेनहरूले मान्न अस्वीकार गर्दै भने हामीलाई पैसा होइन जापानको इमानदारीपूर्ण कानुनी जवाफदेहिता चाहिन्छ र यो सम्झौताले हाम्रो भावनाको प्रतिनिधित्व गर्दैन भन्दै उनीहरुले दक्षिण कोरियाको सरकारविरुद्ध अदालतमा मुद्दा दायर गरे ।

जापानले कम्फर्ट वुमेनको मामिलामा मात्र होइन विगतको उसको साम्राज्यवादी अतीतप्रति यस्तै ढुलमुले रवैया अपनाउँदै आएको छ । विगतका गल्तीहरुलाई सकेसम्म ढाकछोप गर्ने र विरोध अलिक चर्को भएपछि अस्पस्ट भाषामा माफी माग्ने । जापानले चीनमाथि कब्जा गर्दा १९३७ मा नानजिंग सहरमा गरेको नृसंश आमहत्याको मामिलामा समेत माफी मागेको छैन । जसमा ३ लाख जति चिनियाँ नागरिकहरुको मृत्यु भएको थियो । अझ जापानमा यो घटनामा मारिएका मान्छेहरुको सङ्ख्या कम देखाउने र अस्वीकार गर्ने चलन बढ्न थालेको छ। त्यस्तै पूर्वप्रधानमन्त्री हिदेकी तोजो लगायतका दोस्रो विश्वयुद्धकालीन युद्धअपराधीहरुको समाधिस्थल यासकुनी मन्दिरमा जापानका प्रधानमन्त्रीहरुले केही दशकयता नियमित जस्तो भ्रमण गर्न थालेका छन् । यसले चीन, कोरिया लगायतका देशहरु जसले विगतमा जापानको अत्याचार भोगेका थिए उनीहरुको भावनामा ठेस पुर्‍याउने गरेको छ।

५ डिसेम्बर १९७० का दिन पश्चिम जर्मनीका चान्सलर विली ब्रान्टले पोल्यान्डको राजधानी वार्सास्थित नाजी यातना शिविरका सहिदहरुको स्मारकमा फूल चढाउँदा अचानक १ मिनेटसम्म घुँडा टेकेर उभिए । यो दृश्य देखेर सारा संसार स्तब्ध भयो ।

५ डिसेम्बर १९७० का दिन पश्चिम जर्मनीका चान्सलर विली ब्रान्टले पोल्यान्डको राजधानी वार्सास्थित नाजी यातना शिविरका सहिदहरुको स्मारकमा फूल चढाउँदा अचानक १ मिनेटसम्म घुँडा टेकेर उभिए । यो दृश्य देखेर सारा संसार स्तब्ध भयो । यो घटनाको एक वर्षपछि विली ब्रान्टलाई नोबेल पुरस्कारले सम्मानित गरियो । विली ब्रान्टले यो घटनाको बारेमा कहीँ कतै चर्चा गरेनन् । उनले वर्षौंपछि आफ्नो आत्मकथामा यो प्रसङ्गबारे लेखेका छन् (मलाई धेरैचोटि त्यो घटनाको बारेमा सोधियो, के त्यो योजनाबद्ध थियो ? होइन, त्यो योजनाबद्ध थिएन। म दसौँ लाख हत्याको बोझले थिचिएर जर्मनीको एतिहासिक खाडलको डिलमा उभिएको थिए । शब्दहरु असफल हुँदा मान्छेहरुले जे गर्छन् मैले त्यही गरेँ ।

जापान र जर्मनीको युद्धकालीन विगत उस्तैउस्तै छ । दुईवटै देश आर्थिक रुपमा विश्वका ठूला शक्ति हुन् । तर जर्मनीले आफ्नो विगतका नाजीकालीन अतितप्रति प्रायश्चित्त गरेर युरोपको नेतृत्व गर्न थालिसकेको छ । तर आकार र जनसङ्ख्यामा जर्मनीभन्दा ठूलो भएर पनि जापान आफ्नो विगतसँग नाता तोड्न नसकेर एसियामै पछाडि परेको छ ।

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

यो पनि पढौँ