बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रिया चक्रवर्तीको बचाउमा उत्रिइन् महेश भट्टकी श्रीमती सोनीः भनिन्, ‘उनी निर्दोष छिन् र षड्यन्त्रको शिकार हुन्’

सोमबार, ०५ माघ २०७७, १५ : १४
सोमबार, ०५ माघ २०७७

बलिउड नायक सुशान्त सिंह राजपूतको मृत्युमा नाम जोडिएपछि नायिका रिया चक्रवर्ती लागुऔषध मुद्दामा लगभग एक महिना जेलमा बस्नु परेको थियो । यद्यपि, पछि उनलाई जमानतमा रिहा गरिएको थियो । त्यतिबेला रिया चक्रवर्तीको समर्थनमा थुप्रै बलिउड सेलिब्रिटी आएका थिए । अब एक पटक पुनः आलिया भट्टकी आमा तथा महेश भट्टकी श्रीमती सोनी राजदान रिया चक्रवर्तीको समर्थनमा उत्रिएकी छिन् । 

सोसल मिडियामा एक प्रयोगकर्तालाई जवाफ दिँदै राजदानले रियाबारे लेखिन्, ‘उनी जेल जाँदा ती मानिसहरुलाई उजागर गरिदिए जसलाई उनले त्यहाँ पठाएका थिए । यसबाट के स्पष्ट हुन्छ भने उनी निर्दोष थिइन् र षड्यन्त्रको शिकार भएकी थिइन् । आखिर हामी किन उनीसँग काम गर्दैनौं ? मलाई लाग्छ उनले राम्रो काम गर्नेछिन् । खैर, म त यही आशा गर्छु ।’

स्मरण रहोस्, रिया चक्रवर्ती अब ठूलो पर्दामा अमिताभ बच्चन र इमरान हाशमीको मुख्य भूमिका रहेको फिल्म चेहेरेमा देखिनेछिन् । यो फिल्मको निर्देशन रुमी जाफरीले गरेका हुन् र यसै वर्ष सन् २०२१ मा रिलिज हुँदैछ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप