शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

पिता पूर्खाका यस्ता १० विशेष बानी जसले जवान बनाइराख्थ्यो, दीर्घायू जीवन दिन्थ्यो

सोमबार, ०५ माघ २०७७, १० : ३७
सोमबार, ०५ माघ २०७७

हामीमध्ये धेरैका हजुरबुवा हजुरआमाले ८० वर्ष पार गर्नुभएको छ होला । यस्तै केही मानिसहरुको संख्या पनि ठूलो छ जसका हजुरबुवा–हजुरआमा सय वर्षभन्दा बढी बाँच्नुभएको छ । सबैभन्दा रोचक कुरा त के छ भने हाम्रा हजुरबुवा हजुरआमाको कपाल ८० वर्षमा पनि कालो, बाक्लो र नरम रहन्थे । 

– जबकी हामीहरुको कपाल त २० वर्षको उमेरदेखि नै फुल्न थाल्छ । जबकी फिटनेसको विषयमा जानकारी जुटाउने साधन हामीसँग धेरै छ । जिमदेखि व्यायामका विभिन्न विकल्प उनीहरुभन्दा हामीसँग धेरै छ । 


– त्यसो भए त्यस्ता खास के कारण थिए कि वृद्धा अवस्थामा पनि उहाँहरुको छालाको चमक कम हुँदैनथ्यो ? उहाँहरुको कपालको चमक फिक्का हुँदैनथ्यो र बुढेसकालमा पनि उहाँहरुको टाउकोमा यति घना कपाल हुन्थ्यो...

शुद्ध घ्यूको अत्यधिक प्रयोगः

हाम्रा हजुरबुवा हजुरआमा धेरैजसो काम आफैं गर्नुहुन्थ्यो जस्तै घरमा नै दही, मोही र घ्यू बनाउनु । मकै, गहुँ पिस्ने, मर मसला आफैं तयार पर्ने इत्यादि । त्यसैले उहाँहरु आफ्नो खानामा घरकै शुद्ध घ्यू, तिलको तेल, नरिवल इत्यादिको तेल बेस्सरी प्रयोग गर्नुहुन्थ्यो । 

– हजुरबुवा–हजुरआमा नुहाउनु अघि आफ्नो टाउकोमा शुघ घ्यूले मालिस गर्ने गर्नुहुन्थ्यो । अर्थात्, उहाँहरुको जीवनमा फ्याटका लागि हाम्रो जस्तो कुनै प्रकारको ‘नो’ थिएन । उहाँहरुले फ्याटको उपयोग दैनिक जीवनमा गर्नुहुन्थ्यो । विशेषगरी स्वस्थ र हेल्दी फ्याट, त्यसमा पनि शुद्ध घ्यू प्रमुख थियो । यसले उहाँहरुको छाला वर्षौंसम्म जवान बन्ने गर्दथ्यो । 

खानामा दाल समावेशः

दालको चलन निकै अघिदेखिको हो । हाम्रा पिता पूर्खाले पनि दालको सेवन गर्नुहुन्थ्यो । दालले शरीरमा प्रोटिनको प्राप्ति हुन्छ र चामलले हेल्दी स्टार्चको कमी पूरा गर्छ ।

– हरेक दिन दाल र भातको उपयोगले तपाईंको कपाल, छाला र नङलाई प्राकृतिक रुपमा सुन्दर बनाउँछ । 

आफैं पिसेको मसलाको प्रयोगः

पुरानो समयमा धेरैजसो मसला घरमा नै तयार गरिन्थ्यो । साथै यी मसलाको धुलोको साटो कि त दाना नै प्रयोग गरिन्थ्यो अथवा उपयोगभन्दा तुरुन्त अघि मात्रै यो पिस्ने गरिन्थ्यो । यस्तो गर्दा यसको प्राकृतिक बास्ना र गुण यथावत् रहन्थ्यो र मसलाको पूरा पोषण उहाँहरुको शरीरले पाउँथ्यो । 

– जबकी हामी धेरैजसो पिसेको मसला खरिद गर्छौं, यसको शुद्धताको कुनै ग्यारेन्टी पनि हामीलाई थाहा हुँदैन । साथै लामो समयसम्म यो स्टोर गर्दा उनीहरुको प्राकृतिक सुगन्ध फिक्का रहन थाल्छ । नतिजा यो हुन्छ कि हाम्रो शरीर र छालाले यसको पूरा पोषण पाउन सक्दैन । 

बोक्रासहित तरकारी उपयोग गर्नुः

– हामी सबैजना तरकारी वा फलफूलको प्रयोग बोक्रा फ्याँकेर मात्रै प्रयोग गर्छौं । जबकी हाम्रा हजुरबुवा हजुरआमाले धेरैजसो फलफूल र तरकारीको प्रयोग बोक्रासहित गर्नुहुन्थ्यो वा त्यस्ता बोक्राको भिन्न खानामा प्रयोग गर्दथे । जस्तै लौका, घिरौला, फर्सी, खरबुजा, पाकेको केरा इत्यादिलाई बोक्रासहित तरकारीको रुपमा प्रयोग गर्नु हुन्थ्यो । 

– यस्तो यसकारण किनभने बोक्रासहित तरकारी र फलफूलको सेवन गर्दा हाम्रो शरीरमा पर्याप्त मात्रामा फाइबर हुन्छ । फाइबरमा ती मसिना रेशा हुन्छन् जसले पाचन क्रियालाई चुस्त र दुरुस्त राख्छ । यसले हामीले जे जति खान्छौं त्यसको पूरा पोषण हाम्रो शरीरले प्राप्त गर्छ र तसर्थ हामी जवान रहन्छौं । 

मोही र दही हरेक दिनः

तपाईं मोही र दहीको सेवन कहिलेकाँही मात्रै गर्नुहुन्छ । तर हजुरबुवा हजुरआमाको समयमा दही मोही दैनिक रुपमा सेवन गरिन्थ्यो । यसले छालालाई हाइड्रेट राख्छ । यसका साथै पुरानो समयमा मानिसहरु हरेक दिन बिहान तामाको भाँडोमा राखिएको पानी सेवन गर्ने गरिन्थ्यो । 

– राती सुत्नुअघि तामाको भाँडामा पानी राखिन्थ्यो र बिहान उठेर यही पानीको सेवन गरिन्थ्यो । यसले गर्दा पेट सफा रहन्थ्यो र यसको असर अनुहारमा स्पष्ट रुपमा देखिन्थ्यो । पुरानो दिनमा चिसो मौसममा घाममा बसेर मोही र सख्खर खाने चलन अत्यधिक थियो । 

चिनीको सट्टा सख्खरको उपयोगः

अहिले हामी फिटनेस भनेर गुलियो कुरा खासै खान रुचाउँदैनौं । तर हाम्रा पिता पूर्खाले सख्खरको प्रयोग अत्यधिक गर्नुहुन्थ्यो । 

– सख्खरको प्रयोगले छालाको टक्सिन सफा हुन्थ्यो र शरीर ऊर्जाशील भइरहन्थ्यो । साथै पर्याप्त मात्रामा हेमोग्लोबिन पनि रहन्थ्यो । यसका कारण उहाँहरुको छाला प्राकृतिक रुपमा नै चम्किलो हुन्थ्यो ।

– वास्तवमा सख्खर खाँदा फोक्सो सफा हुन्छ । महिलालाई महिनावारी हुँदा कम पेट दुख्छ । शरीरबाट टक्सिन बाहिर निस्कन्छ । यसलाई अहिले पनि तपाईं आफ्नो खानाको हिस्सा बनाएर स्वस्थ रहन सक्नुहुन्छ । तर यसका लागि तपाईंलाई सुगर भने हुनुहुँदैन । 

मौसमी तरकारीको प्रयोगः

आजको समयमा सबै तरकारी सबै मौसममा पाइन्छ । तर बेमौसमी तरकारी तपाईंको शरीर र सुन्दरताका लागि कुनै पनि हालतमा राम्रो हुँदैन । किनभने प्रकृतिले हामीलाई मौसमको आवश्यकताका अनुसार फल र सब्जी दिन्छ । यी सबै खाना ती गुणले भरिपूर्ण हुन्छ जुन गुणको आवश्यक हाम्रो शरीरलाई त्यो विशेष मौसमका लागि आवश्यकता पर्छ । 

– यस्ता तरकारीमार्फत् शरीरले सही पोषण पाउँछ । यस्ता तरकारीले  मौसम परिवर्तनका बेला कपाल झर्ने समस्याबाट जोगाउँछ । छाला सम्बन्धि समस्या हुँदैन । कपाल बढ्ने, नङ बढ्ने र चम्किलो हुने र छालामा चमक आउने गर्छ । त्यसैले त हाम्रा हजुरबुवा हजुरआमा कस्मेटिकको प्रयोग बिना नै यति आकर्षक देखिनुहुन्थ्यो । 

हप्तामा एकपटक ब्रतः

हाम्रा हजुरबुवा–हजुरआमा हप्तामा एकदिन ब्रत बस्ने गर्नुहुन्थ्यो । यस्तो गर्दा उहाँहरुको शरीर डिटक्स हुन्थ्यो र छालाको चमक यथावत् रहनथयो । 

ताजा खानेकुराको सेवनः

हाम्रो पिता पूर्खाको कहिले पनि बिहानको खाना बेलुका राखेर वा बेलुकाको खाना बिहान खाने चलन थिएन । बिहान बेलुका खाना पकाएरै खाने चलन थियो । जबकी हामी फ्रिजमा राखेका खानेकुरा दुई तीन दिनसम्म पनि खाने गर्छौं । 

यसका साथै हाम्रा पितापूर्खाले स्थानीय खाना नै प्रयोग गर्नुहुन्थ्उो । यसो गर्दा उहाँहरुले आफ्ना आसपासको वातावरणको हिसाबले नै पोषक तत्व प्राप्त हुने गर्दथ्यो । जबकी हामी संसारभरीका विभिनन देशबाट आएका फलफूल र खानेकुरा खाने गर्छौं । 

राती सुत्नुअघि दुध पिउनुः

राती मनतातो दुध पिएर सुत्दा मिठो निद्रा लाग्छ । दुधबाट हाम्रो शरीरले प्रोटिनबाहेक मेलाटोनिन, लेक्टोस वा लेक्टिक एसिड प्राप्त हुन्छ । 

– पुरानो समयमा आफ्नै घरमा गाई भैंसी पाल्ने चलन थियो । दही, दुध, घ्यू, मोही पनि पर्याप्त मात्रामा हुन्थ्यो । यसले स्वास्थ्यमा पुर्याउने फाइदा पनि अत्यधिक हुन्छ । मनतातो दुधले गहिरो निद्रामा मद्दत गर्छ । यसले बिहान समय निकै फ्रेश हुन मद्दत गर्छ । 

सबैभन्दा प्रभावकारी रहे यी तरिकाः

हाम्रा पिता पूर्खाले घाम अस्ताउनु अघि नै खाना खाने गर्नुहुन्थ्यो र राती ८ बजे सुतिसक्नुहुन्थ्यो । जबकी भोलिपल्ट उहाँहरुको नित्यकर्म बिहान ३ बजेदेखि नै सुरु हुन्थ्यो  । 

यस्ता क्रियाकलापले उहाँहरुको शरीर सधैं स्वस्थ रहन्थ्यो । पाचन सही रहन्थ्यो र स्लिप साइकल पनि उस्तै हुन्थ्यो । उहाँहरुलाई न त हर्मोनल डिस्ब्यालेन्सको समस्या हुन्थ्यो न नै मानसिक तनाव इत्यादिको सामना गर्नुपर्दथ्यो । स्वस्थ शरीरको प्रभाव मानिसहरुको छालामा देखिन्छ र यसले सौन्दर्यमा पनि बढावा दिन्छ । यसै कारण ८० र सय वर्षमा पनि हाम्रा हजुरबुवा–आमा, जिजुबवा–आमाको चाउरीमा पनि चमक देखिन्थ्यो । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप